मुसिकोट गुल्मीमा मकै व्लक कार्यक्रमका लागी करिब ३० लाख लगानी गरिने

गोविन्द कंडेल, गुल्मी ।

मुसिकोट नगरपालिका वडा नं ४ र ५ मा मकै व्लक उद्धघाटन तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

श्रीराम कृषि तथा पशुपालन समुह मुसिकोट नगरपालिका वडा नं। ५ को आयोजनामा आजको उद्धघाटन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सँगको सहकार्यमा उक्त मकै व्लक कार्यक्रम मुसिकोट नगरपालिकामा सञ्चालन हुने वताइएको छ ।

कार्यक्रम सम्पन्न गर्नको लागी लुम्बिनी प्रदेश सरकार मार्फत कृषि ज्ञान केन्द्र तम्घास गुल्मीको समन्वयमा रू २३ लाख र कृषक समुहको ६ लाख ५१ हजार गरी जम्मा २९ लाख ५१ हजारको लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन गरीने छ । करीब २,१०० रोपनी क्षेत्रफलमा सञ्चालन गरिने उक्त कार्यक्रमबाट ३६१ घर धुरी लाभांवित हुने छन ।

उद्घाटन कार्यक्रममा प्रमुख अथितिको रूपमा बोल्दै मुसिकोट नगरपालिका आर्थिक विकास समितिका संयोजक प्रकाश काफ्लेले कृषि क्षेत्र मार्फत रोजगारी सृजना, आय आर्जनमा वृद्धी र स्वरोजगार वन्नका लागी समुहले सञ्चालन गरेको यो कार्यक्रम उपयोगी हुने विश्वास नगरपालिकाले लिएको धारणा व्यक्त गर्नु भयो ।

रोजगारीको अवसर खोजेर भौँतारिँनु भन्दा पनि ढुक्क भएर कृषि पेशामा लगानी गर्ने र लगनशिल भएर कर्ममा लाग्ने कृषकहरूलाइ नगरपालिकाले यथोचित सम्मान गर्ने समेत उहाँले बताउनु भयो ।

मुसिकोट नगरपालिका वडा नं ४ र ५ को यो क्षेत्र मकैका लागी उपयोगी रहेकोले कार्यक्रम सफल हुने विश्वास आफुले लिएको कुरा कार्यक्रमका विशिष्ट अथिती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यलय प्रमुख नारायण काफ्लेले वताउनु भएको थियो ।

मुसिकोट नगरपालिका वडा नं। ५ भुकुवा स्थित वहुउद्येशिय सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख तथा विशिष्ट अथितका साथै कृषि ज्ञान केन्द्र तम्घास गुल्मीका अधिकृत खुबिराम पोखरेल, समाजसेवी जिवन खरेल, मुसिकोट नगरपालिकाका कृषि अधिकृत जनक पौडेल, वडा नं। ४ का वडा सदस्य गोविन्द खरेल र यमकला खराल, वडा नं। ४ का वडा सदस्य पहल सिं राना लगायतको विशेष उपस्थिती रहेको थियो ।

समुहका अध्यक्ष रूद्रराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका गुल्मीका कृषि प्राविधिक टोप वहादुर वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय