आईपीओ खोल्ने सिवाईसीको तयारी

बागलुङ : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको दोश्रो वार्षिक साधारण सभा मङ्गलबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको आ.व. २०७६/०७७ को प्रतिवेदन पारीत गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चता यसै आर्थिक वर्षमा सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निस्काशन गर्ने निर्णय गरेको छ ।

साधरण सभाले आ.व. २०७६÷७७ को लागि लेखा परिक्षण गर्न लेखा परीक्षक नियुक्त गर्न एवं निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभाले संस्थाको प्रवन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य इजाजत पत्र प्राप्त“घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाहरु कार्यक्रमको मुल मर्म भन्दा विपरीत गई नाफामुखी र बजार केन्द्रित भएकाले समस्या सिर्जना भईरहेको बताए ।

उनले वर्तमान परिपे्रक्षमा यस वित्तीय संस्थाले नाफा संगसंगै ग्रामिण दुरदराजमा गई वित्तीय तथा गैर वित्तीय कारोबार सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले शेयरधनी समक्ष साधारण प्रस्ताव र विशेष प्रस्ताव पेश गरी शेयर धनीबाट आएका जिज्ञासाहरुलाई समाधान गरेका थिए ।

कार्यक्रम समापनका क्रममा संस्थाका अध्यक्ष शर्माले सिवाईसीले ग्रामिण क्षेत्रका विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउदै संस्थालाई देशकै उत्कृष्ट संस्था निर्माणमा सञ्चालक समिति र कर्मचारीहरु अहोरात्र खटिरहेको बताए । उनले शेयरधनीहरु पनि संस्थालाई आवश्यक परेको समयमा सक्रिय हुनुपर्ने भनाई राखे ।

साधारण सभाको कार्यक्रम प्रवन्ध सञ्चालक शर्माको स्वागत र संस्थाको प्रवन्धक संगिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
श्रोत बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय