खाना खाने बित्तिकै पानि पिउनु गलत हो ,किन ?

काठमाडौं। तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर।

तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ।धेरै मानिसहरू खाना खाइरहेका बेला थोरै–थोरै पानी पिउँछन् भने कतिपय खाना खाने बित्तिकै पानी घटघटी पिउँछन्।पानी पिएपछि आराम महसुस हुन्छ नै। तर, यसले तपाईंको पाचन प्रणालीमा भने असर गर्न सक्छ।

यसले ग्याष्ट्रिक, एसिडिटीजस्ता रोगहरू निम्त्याउन सक्छ।

त्यसैले भोजन गरिसकेपछि कम्तीमा पनि आधा घण्टा वा एक घण्टापछि मात्रै पानी पिउनुपर्छ।खाना खाइसकेपछि तुरुन्तै किन पिउनु हुँदैन पानी ?

खाना खानेबित्तिकै पानी पिउनाले पाचन प्रक्रियालाई कमजोर बनाउँछ। पानी शीतल प्रवृत्तिको हुन्छ, त्यसैले खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न सक्छ। पानीले भोजनलाई ग्लुकोजमा परिवर्तन गरिदिन्छ, जुन मोटोपनको कारण बन्न सक्छ।

शरीरलाई भोजनबाट पोषण तत्व प्राप्त हुन आधा घण्टादेखि एक घण्टा आवश्यक पर्छ। खाना खाएपछि तुरुन्तै पानी पिउँदा आमाशयको ऊर्जा सकिन्छ, जसकारण पाचन प्रक्रिया सही ढंगले हुन पाउँदैन।

त्यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता विभिन्न रोगहरू लाग्छ सक्छ।

चिकित्सकका अनुसार खाना खाएपछि पोषक तत्व प्राप्तिका लागि केही समय दिनुपर्छ। यदि तुरुन्तै पानी पिउने हो भने शरीरले भरपूर पोषक तत्व नपाउन सक्छ।

यो पनि पढ्नुहोस्

बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ ।

तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।

आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् । आफुले थाहा नपाए झै गाह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।

आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् । घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् । उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसंग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।

कुनै महत्वपुर्ण कुरालाई भिन्दा–भिन्दै रगंले हाइलाइट गर्नाले अथवा अन्डरलाईन गर्नाले पनि बालबालिकाले महत्वपुर्ण जानकारीहरु लामो समय सम्म सम्झिरहन्छन् । रंगको प्रयोग गर्दा उनीहरुको ध्यान आकषर््ँित गर्ने किसिमको रंग हुनु पर्छ । जस्तै ट्राफिक लाइटमा भएका रगंहरुले आफ्ना महत्वपुर्ण जानकारीमा अन्डरलाइन गर्दा ती कुराहरु राम्रोसंग सम्झिन सहयोग हुन्छ ।

जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ । आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक खुराकहरु पनि स–साना भागमा बाँढेर पढ्न लगाउनु पर्छ । त्यसो गर्दा तपार्इंका बालबालिकाले हरेक कुरा राम्रो र लामो समयसम्म सम्झिरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय