रामकृष्ण कंडेल/ मुसिकोट गुल्मी – नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगरपालिका भित्रका अगुवा कार्यकर्ता हरूको भेला गुल्मीको भुवाचिदीमा सम्पन्न भएको छ।
भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्व लाई सफल बनाऊनको लागि सबै तरिकाले साथ दिई अगाडि बढ्ने निर्णय गरिएको बताईएको छ।
भेलामा नेकपा मुसिकोट नगर कमिटि ईन्चार्ज जिवन खरेलले पार्टीका लोभी पापी नेताहरूले आफ्नो ब्यक्तिगत तथा पारिवारीक स्वार्थ पुरा गर्नको लागी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली लाई घेराबन्दी गरिएको भन्दै उक्त कार्यको भर्त्सना गर्नु भयो।
ईन्चार्ज खरेलले भेलामा उपस्थित सबै नेता हरू लाई एक ढिक्का भएर टोल टोलमा पार्टी संगठन मजबुत गराऊन सकृय हुन आग्रह गर्नु भयो।
पार्टीमा उत्पन्न पछिल्लो अवस्थाको समिक्षा तथा आगामी काम लाई कसरी ब्यबस्थित गर्ने भन्ने सम्बन्धमा योजना निर्माणको लागि आज आयोजित भेलामा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा,मुसिकोट नगरकमिटि सचिबालय सदस्य हरू,जननिर्बाचित वडाध्यक्ष हरू,कार्यपालिका सदस्य हरूको ठुलो संख्यामा शहभागिता रहेको थियो।
कार्यक्रममा नेकपाका नेताहरू क्रमश रमेशचन्द्र खरेल, कर्णध्वज जि शी,सरस्वति घिमिरे,सत्यकुमारी जि शी,गंगा श्रेष्ठ,प्रकाश काफ्ले,खड्क बहादुर खड्का,राजेश गुरूड०,नारायण बहादुर थापा,बिमल छन्तेल,डोलबहादुर बगाले,दलबहादुर थापा,गोबिन्द खरेल,जिल्ला सल्लाहकार गोपाल गिरी,भुवन के सी,सुबदार मेजर बिस्णुध्वज खाती,रामबहादुर बोहोरा,सुर्यमुर्ती खरेल,लक्ष्मण प्रसाद खराल,गोपीकृस्ण खरेल,चुराबहादुर खत्री,भिमलाल घिमीरे,हेमराज शर्मा,लक्ष्मण खत्री,नरेशराज खरेल,रामकृस्ण कंडेल,रेशम बहादुर कुवर,बुध्दबहादुर पान्डे,यज्ञमुर्ती कंडेल,मुमबहादुर परियार लगायतले आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो।
भेलाका सबै बक्ता हरूले पार्टी अध्यक्ष के पी शर्मा ओली तथा नेकपाको बिरूध्दमा चलाईएका भ्रम हरू लाई चिर्ने निर्णय गरिएको छ।केहि दिन अगाडि देखि केहि मान्छे हरूले कार्यकर्ता हरू लाई आफ्नो पक्षमा लैजानका लागि चलाईएका झुट्टा प्रलोभन हरूको भन्डाफोर गर्दै अगाडि बढ्ने तथा यथासक्य छिटो पार्टीको मुसिकोट नगरभेला ब्यापक कार्यकर्ता हरूको उपस्थितिमा आयोजनागर्ने निर्णय गरिएको छ
भेलामा मुसिकोट नगरपालिका भित्र पार्टी संगठन लाई शसक्त बनाऊनको लागि बिभिन्न निर्णय हरू समेत गरिएको छ।
आजको भेला जेस्ठ कम्युनिस्ट मन्च लुम्बिनी प्रदेश सदस्य महेशबहादुर जी सी को अध्यक्षता तथा पार्टी नगर ईन्चार्ज जीवन खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।