ग्रामीण मर्मत तथा समभार कार्यकर्ता सम्मान कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे.मुसिकोट गुल्मी /नबखबर

ग्रामीण मर्मत तथा संमभार कार्यकर्ता तालीमको औपचारिक समापन कार्यक्रम सम्पन्न भएको छ।

मुसिकोट नगरपालिकाको आयोजना २०७७/०९/१९ गते बाट सचालन गरिएको १० दिने तालीमको मुसिकोट नगरपालिका ५ आपचौर भुकुवाको हलमा सम्पन्न गरिएको हो।

सैद्धान्तिक र प्रयोगात्म रुपमा संचालित तालिमले इन्ट्याक देखि उपभोक्ता घरसम्म लैजान आबश्यक मर्मत सम्भार बारेमा सिकाइले सहयोग पुर्याएको छ। खानेपानी तथा सरसफाइ योजनामा दिगो ब्यवस्थित तरिकाले सन्चालन गर्ने सहयोग पुर्याउने छ ।

१४ वटा योजना बाट नगरपालिका भरी बाट सहभागीता रहेको थियो। नगरपालिकाले खानेपानी दिगो रुपमा सन्चालन गर्ने गाउँमा नै प्राबिधिक तालिम उपलब्ध गराएको र यसले योजना र स्वरोजगारको निम्ति सहयोग पुर्याउने छ।

तालीम मा प्रशिक्षातीको तर्फबाट ७ घनमिटरको ट्यान्कि समेत निर्माण गरेका छन । मुसिकोट नगरपालिका भित्र प्रत्येक घरधुरीमा १ घर १ धारा पुर्याउने गरि खानेपानी योजनाहरु सन्चालनमा रहेका छ्न।खानेपानीको योजना निर्माणका लागि बाहिरबाट प्राबिधिक खोज्नुपर्ने समस्या यश तालिम बाट हट्नेछ।

कार्यक्रम १ घर १ धारा मुसिकोट नगरपालिका सम्योजक नारायण सापकोटाको अध्यक्षता मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रम तालिम सम्योजक सीता भुसालको रहेको थियो। कार्यक्रममा सहभागीले आफुले सिकेका कुरा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय