तल्लो जातको केटा संग लागेको भन्दै जिउदै ज*ला*एर मा*रिन आमाले छोरी

वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आ*ग*लागी भयो ।

राति १० बजेतिर फुसको घरमा भएको आ*ग*लागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृ*त्यु भएको प्रारम्भिक खबर अयो ।प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे ।तर अहिले सो घ*टना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा-बुवाले नै छोरीलाई घरभित्रै ज*ला*एर ह*त्या गरेको खुलेको छ ।

सुरुमा प्रहरीलाई घरमा आ*गला*गी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आ*गो निभाएपछि भित्र माना कुमारीको श*व भेटियो । उनी निदाएकै अवस्थामा ज*लेर म*रेको भन्ने दाबी परिवारजनले गरे ।

तर घ*टनास्थ*लमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरे ।घ*टना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापा बताउँछन् । ‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आ*गो निभाउन मात्रै केन्द्रित भयौं ।

पछि भित्र श*व भेटियो भन्ने खबर आयो,’ उनले भने, ‘घ*टना*स्थल पुगेर हेर्दा तल खाटमात्रै ज*लेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आ*गो लागेको जस्तो देखिन्थ्यो । घ*टना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं ।’

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर ह*त्या गरेको रहस्य खुल्यो ।

मृ*तककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आ*गोमा ज*लाई फुसको छानामा समेत आ*गो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

लालमती देवीलाई प*क्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको ह*त्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फरार छन् ।

उनको नाममा पर्सा जिल्ला अदालतले प*क्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

यो पनि पढ्नुहोस्
गुल्मी/ गुल्मीका ४१ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा दर्ता भएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

भुसालका अनुसार स्थानीय तह ९संघिय मामिला० तर्फ १५ वटा ,स्थानीय तहका शिक्षाका १३ वटा , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत २ वटा , प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको सिंचाइमा २ वटा , प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको खानेपानी र शहरी बिकासमा २ वटा उजुरी दर्ता भएका छन् ।

यस्तै प्रदेशकै भौतिक पुर्वाधार र यातायात मन्त्रालय अन्र्तगत १ वटा , भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्ँत्रालय अन्र्तगत १ , कृषि पशुपन्छी मन्त्रालय अन्र्तगत १ , प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत १ , प्रदेशकै सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यमा १ वटा उजुरी दर्ता भएको छ ।

यस्तै संचार तथा प्रबिधि मन्त्रालय अन्र्तगत १ र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्र्तगत १ उजुरी दर्ता भएको छ । दर्ता भएका कुल ४१ उजुरीहरु मध्ये १३ वटाकोे फर्छौट भइसकेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय