महेन्द्र घिमीरे/ मुसिकोट /गुल्मी
बडागाउ कृषि सहकारी लि मुसिकोट नगरपालिका वडा न २,३ र ४ को वडा न २ अन्तर्गत १० नम्बर अन्तर समुहको साधारणसभा मुसिकोट देउरालीमा सम्पन्न भएको छ।
बडागाउ कृषि सहकारी लि को १५ औ साधारणसभा तथा छैठौँ अधिबेसन यहि २०७७ र ९ र २२ देखि २७ गते सम्म विभिन्न स्थानमा रह्न्ने छ। कोभिड १९ को कारण जोखिम न्यूनीकरणको लागि यश पाली विभिन्न स्थानमा साधारणसभा गरिएको बताइएको छ। आर्थिक बर्ष २०७६र७७ मा १,३३,९६,०७४९ बराबरको आय ब्यय भेलामा प्रस्तुत गरिएको थियोे ।साथै साधारणसभामा जेष्ठ नागरिक सम्मान सफल ब्यबसायी सम्मान सफल कृषिक सम्मान लगायतमा राम्रो कार्य गर्नेलाइ सम्मान समेत गरेको थियो।
२०६१ सालमा दर्ता भै कार्य संचालन गरेको यश सस्थामा ११५३ सेयर सदस्य रहेका छन भने मुसिकोट नगरपालिका २,३ र ४ मा कृयाशिल रहेको छ। बचत तथा रिन कृषि उत्पादन पसुबिमा र रेमिटेन्स सेवा दिदै आएको यश सस्थाले यश आर्थिक बर्स बाट आफ्नो कार्यक्षेत्र भित्र १ घर १ सदस्य भन्ने नाराका साथ सबैलाइ समेट्ने गरि सदस्य बिस्तार गर्न , मासुजन्य बाख्रा पालन कार्यमा लुम्बिनी प्रदेश सङ्ग मिलेर काम गर्ने, कृषि ज्ञानकेन्द्र तम्घास सङ्ग ५०र५० मा ४० लाख बराबरको रेसम खेती गर्ने,भेटनरी पसल दाना बिउबिजन र रासायनिक मलको डिलरसिपको रुपमा कार्य अगाडि बढाउने सस्थाका अध्यक्ष हरि प्रसाद छन्तेल ले बार्सिक प्रतिबेदनमा प्रस्तुत गर्नुभएको थियो।
सस्थाका उपाध्यक्ष गुप्त बहादुर कार्किको स्वागत मन्तब्य रहेको कार्यक्रममा लेखा प्रतिबेदन सस्थाका सदस्य अर्जुन घिमिरे प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथी मुसिकोट नगरपालिका वडा २ का अध्यक्ष लक्ष्मण खत्री को रहेको थियो भने सचालन प्रबन्धक बिबेक पेमि मगर को रहेको थियो।