निरु श्रेष्ठ
कपाल सौन्दर्यको एक प्रमुख हिस्सामध्येको एक हो । बलियो, नरम, लामो र बाक्लो कपाललाई सौन्दर्यको मानक बनाइएको छ ।
फेसन र ग्ल्यामरको यो युगमा कपालको सौन्दर्यले समग्र व्यक्तित्वमा नै खास प्रभाव पार्छ । त्यसैले त कपालको स्यहारदेखि उचित साजसज्जाका लागि ध्यान दिन थालिएको छ ।कपाललाई आकर्षक बनाउनका लागि यसको काँटछाँट मात्र काफी छैन, त्यससँगै अरु थुप्रै कुराहरु पनि जोडिएर आउँछ ।

कपाललाई कसरी बलियो बनाउने ? कस्तो रंगमा सजाउने ? कस्तो डिजाइन गर्ने ? यी मात्र पनि काफी छैन । आफ्नो अनुहार वा समग्र शरीर अनुसार नै कपालको बान्की मिलाउनु महत्वपूर्ण कुरा हो ।
यसका लागि आफ्नो व्यक्तित्व अनुसार कपाललाई कस्तो ढाँचामा सजाउने भनेर बुझ्न जरुरी छ । र, आजको जमनामा कपालप्रतिको यस्तो सचेतना बढ्दो छ । अहिले थुप्रै सुविधा पनि छन् । कपाललाई आफ्नो रुची अनुरुप जस्तो पनि बनाउन सकिन्छ ।
यसका साथै जान्नुपर्ने कुरा त के पनि हो भने, कपाललाई प्राकृतिक रुपमा कसरी आकर्षक बनाउने ? बाहिरी रंगरोगन वा काँटछाँटले मात्र होइन, प्राकृतिक रुपमा यसलाई बलियो, आकर्षक बनाउन जरुरी छ । यसका लागि राम्रो विकल्प हो, केराटिन ट्रिटमेन्ट ।
के हो केराटिन ट्रिटमेन्ट ?
केराटिन हाम्रो टाउकोको छालाको सबैभन्दा माथिल्लो पत्र हो । दुई प्रकारको केराटिन हुन्छ, एक अल्फा प्रोटिन र दोस्रो बीटा केराटिन । जुन केराटिन हाम्रो छाला वा कपालमा रहेको हुन्छ त्यसलाई अल्फा केराटिन भनिन्छ ।
केराटिन ट्रिटमेन्टमा कपाललाई अस्थायी रुपमा सिधा बनाइन्छ । यसमा कपालमा भित्रैसम्म पुग्नेगरी केराटिनको घोल लगाइन्छ । त्यसपछि कपालमाथि सिध ागर्ने फ्लाट आइरन प्रयोग गरिन्छ ।
यसले कपाललाई प्राकृतिक रुपमै बलियो, मुलायम, बाक्लो एवं स्वस्थ बनाउँछ ।
कसले गर्नुपर्छ ?
केराटिन ट्रिटमेन्ट जो कोहिले गर्न सक्छन् । कपाललाई स्वस्थ राख्नका लागि केराटिन ट्रिटमेन्ट सबैका लागि जरुरी हुन्छ ।
कहाँ गर्ने ?
घरमै पनि केराटिन ट्रिटमेन्ट गर्न सकिन्छ । यद्यपि सम्बन्धित काममा बुझेका वा विज्ञबाट गराउँदा बढी प्रभावकारी हुन्छ ।
त्यसैले विश्वसनिय पार्लरमा गएर केराटिन ट्रिटमेन्ट गराउन सकिन्छ । बुझ्नुपर्ने कुरा चाहिँ के भने केराटिन ट्रिटमेन्टका लागि थुप्रै पार्लर खुलेका छन् । तर, राम्ररी वा सही ढंगले यसको ट्रिटमेन्ट गर्ने ठाउँ पहिल्याउन सक्नुपर्छ ।
यसबाट के फाइदा हुन्छ ?
केराटिन ट्रिटमेन्टले कपाललाई आवश्यक पोषण मिल्छ । विभिन्न कारणले हाम्रो कपालमा रहेका केराटिन नष्ट भइरहेको हुन्छ । यसरी केराटिन न*ष्ट हँुदै जाँदा कपाल रुखो हुन्छ । त्यसैले केराटिन ट्रिटमेन्टबाट यसलाई प्राकृतिक रुपमा फर्काउनुपर्ने हुन्छ । केराटिनले कपाल स्वस्थ्य र नरम हुन्छ ।
श्रोत अनलाइनखबर्