एजेन्सी । हरेक घरमा खाना हरेक दिन खाना पकाउने चलन रही आएको छ । खाना बनाएर खाएपछि पनि खाना नसकिँदा त्यसलाई राखेर भोलिपल्ट वा बासी भएपछि खाने पनि गरिन्छ ।
अझ व्यस्त जीवनशैलीका का*रण एउटा समयमा नै बिहान बेलुकाको लागि खाना बनाउने पनि गरिन्छ । बारम्बार खाना पकाइराख्नको झन्झटले पनि एकैपटक खाना बनाउने गरिन्छ । साथै, बाहिरबाट खाना अर्डर गरेर पनि पछिको लागि फ्रिजमा राख्ने चलन रहेको छ ।त्यसपछि फ्रिजमा राखेको खानालाई तातो बनाएर खाने गरिन्छ ।
यसरी बासी खानेकुरा खानाले स्वास्थ्यमा स,मस्या पनि ल्याउँछ । खाना बनाउने वित्तिकै फ्रिजमा राख्दा त्यसमा ब्याक्टेरिया र हानिकारक मा*इक्रोआ*र्गेनिज्म बन्न सुरु हुन्छ । खाना बनाएपछि त्यसलाई चिसो हुन छोडिदिएपछि जब फ्रिजमा राखिन्छ उक्त समयमा झन् धेरै ब्या*क्टेरि*या पैदा हुने गर्छ । जसले शरीरलाई प्रति*कुल अस*र पुर्याउँछ ।
बासी खाना खाँदा अपच, ग्यास जस्ता स,मस्याहरु आउँछन् । यसरी राखेको खानेकुरा खाँदा ए*सिडि*टीको सम,स्या लामो समयसम्म रहन्छ । साथै, कहिलेकाँही यस्तो खानाले फुड पो*इज*न पनि हुने गर्छ ।
यो पनि पढ्नुहोस्
बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ ।
तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् ।
बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।
आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् । आफुले थाहा नपाए झै गा,ह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।
आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् । घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् ।
उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसंग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।
कुनै महत्व,पुर्ण कुरालाई भिन्दा–भिन्दै रगंले हाइलाइट गर्नाले अथवा अन्डरलाईन गर्नाले पनि बालबालिकाले महत्वपुर्ण जानकारीहरु लामो समय सम्म सम्झिरहन्छन् । रंगको प्रयोग गर्दा उनीहरुको ध्यान आक,षर््ँित गर्ने किसिमको रंग हुनु पर्छ । जस्तै ट्रा,फिक लाइटमा भएका रगंहरुले आफ्ना महत्वपुर्ण जानकारीमा अन्डरलाइन गर्दा ती कुराहरु राम्रोसंग सम्झिन सहयोग हुन्छ ।
जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ ।
आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक खुराकहरु पनि स–साना भागमा बाँढेर पढ्न लगाउनु पर्छ । त्यसो गर्दा तपार्इंका बालबालिकाले हरेक कुरा राम्रो र लामो समयसम्म सम्झिरहन्छन् ।