स्याङ्जा । स्याङ्जामा बुहारी ब*ला,त्का*र आ’रो’पमा एक नातामा ससुरा पर्ने ६० वर्षीय बृद् प’क्रा,उ परेका छन् ।
उनि चार वर्ष अघि देखि बुहारीलाई ब*ला,त्का*र गरेको अ*भि,यो*गमा प*क्रा,उ परेको बताइएको छ। जिल्ला प्र.हरी कार्यालय, स्याङ्जामा परेको कि,टानी जाहे,रीका आधारमा आँ,धिखोलाका ६० वर्षीय व्यक्ति प’क्रा,उ परेका हुन् ।
नातामा पी,डक र पी,डित ससुरा बुहारी पर्ने भएकाले प,क्राउ पर्नेको नाम नखुलाइएको स्याङ्जाका एसपी बोगटीले बताए । बोगटीका अनुसार जिल्ला अदालत, स्याङ्जाबाट प*क्रा,उ परेका व्यक्तिवि,रुद्ध ५ दिन म्याद थप गरेर वि,स्तृत अनु,सन्धान भइरहेको छ ।
यो पनि पढ्नुहोस्
मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बीच सहुलियत कर्जा सम्झौता भएको छ ।
मुसिकोट नगरपालिका भित्र रहेका उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाको सम्झौता गरिएको नगरपालिकाले बताएको छ ।
ब्याज अनुदानको सहुलियत कर्जा प्रवाह गर्ने उद्देश्यले नेपाल बैंकको मुसिकोट नगरपालिका गुल्मी स्थित वामीटक्सार शाखा र मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा नगरपालिकाको तर्फवाट मेयर सोमनाथ सापकोटा र नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकले सरकारले ब्याज अनुदान दिने सबै प्रकारका कर्जा प्रवाह गर्नेछ । कर्जाका लागि ऋणीको छनौट तथा सिफारिसको काम नगरपालिकाले गर्नेछ ।
उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाको लागि नेपाल बैंकसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।
सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतको लागि केही रकम बैंकमा धरौंटीको रुपमा राख्नेछ । बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेलाई सहुलियत व्याजदर वा निशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने छ । सम्भव भएसम्म धितो राखेर ऋण प्रदान गरिनेछ ।
उद्यम गर्न चाहनेले धितो नभएकै कारणले ऋणबाट बञ्चित नहुने बताइएको छ । त्यस्ता ऋणीलाई नगरपालिकाले विना धितोमा कर्जा प्रवाह गर्ने बताएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ ऋण रकम परिचालन गर्ने योजना बनाएको छ । त्यसकालागि हरेक वडाबाट सम्भावित ऋणी छनौट गरिनेछ । छनौटमा पर्ने इच्छुक व्यक्तिलाई नेपाल बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
बैंकले निब्यार्जी देखि ३.८८ प्रतिशत सम्म ब्याजदरमा ऋण प्रवाह गर्ने र सो ऋणको वाँकी व्याज भुक्तानी नेपाल सरकार तथा मुसिकोट नगरपालिकाले अनुदान दिनेछन् ।
सहुलियत कर्जाका लागि मापदण्ड पुगेका उद्यमीलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने नेपाल बैंक वामीटक्सार शाखा प्रमुख राजु अर्यालले बताए । ‘उद्यमीको लागि दिइने कर्जामा कुनैपनि सेवाशुल्क लाग्दैन,’ उनले भने ।
नगरपालिकाभित्र उद्यमशिलता विकास गर्ने उद्देश्यले सहुलियत दरमा कर्जा प्रवाह गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।