चिनीजन्य खानेकुराले मधुमेह हुन्छ त ?

चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन ।

मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।

मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ । अहिले के पनि भन्न थालिएको छ भने, मधुमेह भनेको खानदानी रोग हो । अर्थात हुनेखानेलाई लाग्ने रोग हो । यसको अर्थ जो सुख र सुविधाभोगी छन्, ऐशआरमको जीवन विताउँछन् उनीहरु यो रोगको चपेटामा आउँछन् ।

यसको अर्थ के भने, ऐशआरम खोज्नेहरु शारीरिक रुपमा निस्क्रिय हुन्छन् । श्रम गर्दैनन् । व्यायाम गर्दैनन् । मीठोमसिनो खान्छन् । यस किसिमको खराब जीवनशैली पनि अहिले मधुमेहको कारण बन्दैछ ।

दुई प्रकारको मधुमेह हुन्छ, टाइप–१ र टाइप–२ । यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप–१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । जबकी टाइप–२ मधुमेहमो शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन ।

मधुमेहको रोगीले कम खानुपर्छ, भलै थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् । मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।

मधुमेह किन हुन्छ ?
हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौं । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो । दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।

राती अबेर भोजन गर्दा शरीरको तौल बढ्छ । यसले ब्लड शुगर लेभल असन्तुलित हुन्छ । जसको शरीरको तौल बढी हुन्छ, उनीहरुले मोटोपन नियन्त्रणका लागि कुनै पहल गरेनन् भने मधुमेहले गाज्न सक्छ । निस्क्रिय जीवनशैलीले शरीरलाई रोगको भण्डार बनाउँछ । जीवन सक्रिय हुनुपर्छ । यसका लागि नियमित व्यायाम आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस्
अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् ।

जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु ।

मोटोपन भएमा के हुन्छ ?अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । विभिन्न अध्ययनबाट के देखिएको छ भने बाल्यकालमा बढेको मोटोपनले दीर्घकालसम्म स्वास्थ्य समस्या ल्याउँछ ।

मोटोपनका कारण अनेक

युरोपमा गरिएको एक अध्ययन अनुसार अहिले धेरै दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । आमाबुवा एवं घर परिवारको सम्पूर्ण ध्यान नै उक्त बच्चामा केन्द्रित हुन्छ ।

बच्चालाई आवश्यक्ताभन्दा बढी स्यहारसुसार गर्ने र खानपिन गराउने हुन्छ । यसले बच्चामा मोटोपन बढाउने जोखिम रहन्छ । युरोपमा बालबच्चामा बढ्दो मोटोपन आमाबुवाको लागि टाउको दुखाईको विषय बनेको छ ।

इटाली, स्पेन र साइप्रसका बच्चाहरुमा मोटोपनको समस्या यरोपको उत्तरी देशहरुको तुलनामा तीन गुणा बढि छ ।

बाल्यकालमै मोटोपन बढेपछि उनीहरुमा त्यसको असर कहिलेसम्म रहन्छ त ? सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ ।

स्कूलहरुको बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जना बच्चामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिर्वतन भएको जीवनशैली र खानपानको बानीका कारण यस्तो भएको हो ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धि रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र ह्दयघात हुने खतरा बढि हुन्छ ।

बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धि रोगहरु जस्तै मधुमेह जस्ता रोगहरुको शिकार बन्न सक्छन् ।

बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ ।

धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्याधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् र यसमा आमा–बुबाको भुमिका पनि महत्वपुर्ण हुन्छ । खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय