बागलुङ – मानव सेवा आ,श्रम बागलुङले २०७८ भित्र बागलुङलाई सडक मानवमुक्त जिल्ला बनाउने अभियान थालेको छ ।
सडमा बेसारा र असाह्य नागरिकलाई उ;द्धार गरेर गास बास र कपासको व्यवस्थापन गर्दै आएको आश्र;मले आगामी वर्ष भित्र बागलुङलाई सडक मानवमुक्त जिल्ला बनाउने योजना अघि सारेको हो ।
बागलुङमा आश्रम रहे पनि धौलागिरिकै असाह्य र बेसाहारालाई उ;द्धार गर्ने योजना छ ।
आगामी आर्थिक वर्षमा कम्तीमा एक सय जनालार्य सेवा दिने र आ;श्रमका लागि आफ्नै जग्गाका लागि पहल गर्ने समेत मानव सेवा आश्रम बागलुङकी सुमिरा लामाले बताईन् । सडक मानवको उ;द्धार गर्दै मेची महाकाली अभियानमा हिँडेको मानव आ;श्रमको टोलीले बुधबार बागलुङमा आयोजना गरिएको स्वागत कार्यक्रममा लामाले गत आर्थिक वर्षका आम्दानी खर्च विवरण सार्वजनिक गर्दै यी लक्ष्यमा आ;श्रम अगाडी बढेको बताईन् ।
विविध कारणले सडक पेटीमा जीवन बिताउन बाध्यन भएका नागरिकलाई उ;द्धार गरी सकेसम्म परिवारमा पुनः मिलन गराउने र असाह्यहरुलाई सहारा दिने काम आ;श्रमले गर्दै आएको छ । २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडामा स्थापना भएको आ;श्रमको २०७३ चैत्र २१ गतेका दिन आठौं शाखाको रुपमा बागलुङमा स्थापना भएको थियो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारीले मुद्दा परेपछि सरकारी नियन्त्रणमा रहेको युनिटी लाईफको भवन र जग्गा उपलब्ध गराएपछि आश्रमको सुरुवात भएको थियो । आ;श्रमको बागलुङ शाखाले आर्थिक वर्ष ७६र७७ मा कुल ३० जनाको उ;द्धार, ४ जनाको पारिवारिक पुर्नमिलनका साथै ३४ जनालाई आ;श्रय दिईराखेको छ ।
आ,श्रय लिईराखेको १ को स्वार्गारोहण भएको ८ जनाले स्वेच्छिक रुपमा आ,श्रम छाडेको र १ जनाको स्थानान्तरण गरिएको लामाले बताईन् ।
आश्र,मले मेची महाकाली अभियानका अभियन्तालाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै आ;श्रमका केन्द्रीय अध्यष रामजी अधिकारीले २०७८ साल भित्र सडक मानव मुक्त जिल्ला घोषणा गर्नका लागी आफुहरु निकै अगाडी बढिरहेको बताएका छन् ।
उनले बागलुङ मात्र नभई नेपाल नै सडक मानवमुक्त बनाउने अभियान आ;श्रम रहेको बताए । कार्यक्रममा आ;श्रमका लागि लेखानी समान जापानले १ लाख ६९ हजार २ सय ५० रुपैँया सहयोग गरेको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, पूर्व सांसद मनकुमारी केसी, प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल, नेपाल पत्रकार महासंघ बागलुङ दिल शिरिष, बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद, सापकोटा वडा नं। ८ का वडा अध्यक्ष जितबहादुर जिसी, महिला अधिकारकर्मी सकुन्तला शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम आ;श्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता तथा आ;श्रमका गण्डकी प्रदेश प्रमुख हुमनाथ
तिमिल्सीनाको संचालन र बागलुङ नगरपालिका—३ की वडाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न भएको थियो ।