चिसोबाट बच्नका लागि ? यस्ता परिकारहरु खानुस्

चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन । अझ काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट बच्न सचेत गराएका छन् ।

यतिवेला देशभरको मौसम बदलि भएको छ । चिसो ह्वात्तै बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । सँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ भने वायु अत्यधिक प्रदूषित बनेको छ । यही साता काठमाडौंको वायु प्रदूषणको तह विश्वमै नम्बर एकमा पुग्यो । कोरोनाभाइरसको महामारीमा वायु प्रदूषण अनि चिसोले जनस्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् ।

हामीले खानपानमा विशेष ध्यान दिने हो भने चिसोबाट सजिलै बच्न सकिन्छ । चिसो मौसममा पाइने हाम्रो घर वरीपरीका कृषि उपज र हाम्रो भान्सामा पाइने कतिपय चिजले शरिरलाई भित्रैबाट तताउने र चिसोबाट बचाउने काम गर्छ भन्ने बारे हामी अनभिज्ञ छौं । यस्ता खानेकुराले चिसोमा हाम्रो शरीरलाई तताउने मात्रै होइन शारीरिक रुपमा ताजगी ल्याउन र स्फूर्ति बढाउन पनि मद्दत गर्दछ ।

जौको च्याख्लाःनेपालीहरुले सामान्यतया खाने भनेको चामलको भात हो । भात आफैमा चिसो हुने भएकाले धेरै भात खाँदा शरीर झनै चिसो हुन जान्छ । त्यसैले जौको च्याख्ला चिसो मौसमका लागि निकै लाभदायक मानिन्छ । चिसो मौसममा जौ, फाँपर र गौको च्याख्ला बनाएर खान सकिन्छ । यसले शरीरलाई न्यानो बनाइराख्न मद्दत त गर्छ नै यी खाना निकै स्वास्थ्यकर पनि हुन्छन् ।

गहतःगहतलाई नेपाली समाजमा अलि हेयको दृष्टिकोणबाट हेरिन्छ । तर गहतका धेरै फाइदाहरु छन् । शरीरलाई भित्रैबाट तताउने अचुक उपाय भनेको गहतको सेवन हो । गहतले हाम्रो शरीरमा भएका स्टोनलाई पनि फुटाउने काम गर्छ ।

सखरखण्डः सखरखण्ड जाडो मौसममा बजारमा सजिलै पाइन्छ । सखरखण्डले हाम्रो शरीरलाई तताउने र तागत दिने काम गर्छ । सखरखण्डको नियमित सेवनले चिसोमा निकै फाइदा पुर्याउँछ । सखरखण्डमा आइरन, फोलेट, क्यालोरी, म्याग्नेसियम, कपर, भिटामिनलगायत प्रशस्त मात्रामा पोषक तत्वहरु पाइने भएकाले यो सवै उमेर समूहका व्यक्तिका लागि लाभदायक मानिन्छ ।

त्यसैगरी, माघे संक्रान्तिमा खाइने घिउ, चाकु र तिलको लड्डु एकदिन मात्र होइन कि चिसो मौसममा दैनिक सेवन गर्नेगर्दा यसले शरीरमा ताजगी ल्याउनुका साथै भित्रैबाट शरीरलाई न्यायो बनाइराख्न मद्दत गर्दछ ।

अदुवा चियाः नेपालीहरुको मनपर्ने चियामा पर्छ दुध चिया । दुध राखेको चियाको सेवन धेरै गर्दा पेटको समस्या निम्तिने सम्भावना बढी हुन्छ । त्यसैले चिसो मौसममा स्वास्थ्यको हिसावले अदुवा चिया निकै लाभदायक मानिन्छ । अदुवा चियामा मह मिसाएर सेवन गर्ने गर्दा यसले शरीरलाई भित्रैदेखि तताउने मात्रै होइन ताजगी पनि प्रदान गर्छ । चिसोमा अदुवा चियाले घरेलु औषधिको रुपमा काम गर्छ । पाँच ग्राम अदुवामा दुई चम्चा मह मिसाएर दिनको तीन चार पटक सेवन गर्दा निकै लाभदायक मानिन्छ । तर ख्याल गर्नुपर्ने कुरा मधुमेहका विरामीले महको सेवन गर्नु उचित हुँदैन ।

यो पनि पढ्नुहोस्
अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् ।

जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु ।

मोटोपन भएमा के हुन्छ ?अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । विभिन्न अध्ययनबाट के देखिएको छ भने बाल्यकालमा बढेको मोटोपनले दीर्घकालसम्म स्वास्थ्य समस्या ल्याउँछ ।

मोटोपनका कारण अनेक

युरोपमा गरिएको एक अध्ययन अनुसार अहिले धेरै दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । आमाबुवा एवं घर परिवारको सम्पूर्ण ध्यान नै उक्त बच्चामा केन्द्रित हुन्छ । बच्चालाई आवश्यक्ताभन्दा बढी स्यहारसुसार गर्ने र खानपिन गराउने हुन्छ । यसले बच्चामा मोटोपन बढाउने जोखिम रहन्छ । युरोपमा बालबच्चामा बढ्दो मोटोपन आमाबुवाको लागि टाउको दुखाईको विषय बनेको छ । इटाली, स्पेन र साइप्रसका बच्चाहरुमा मोटोपनको समस्या यरोपको उत्तरी देशहरुको तुलनामा तीन गुणा बढि छ ।

बाल्यकालमै मोटोपन बढेपछि उनीहरुमा त्यसको असर कहिलेसम्म रहन्छ त ? सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ । स्कूलहरुको बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जना बच्चामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिर्वतन भएको जीवनशैली र खानपानको बानीका कारण यस्तो भएको हो ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धि रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र ह्दयघात हुने खतरा बढि हुन्छ ।

बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धि रोगहरु जस्तै मधुमेह जस्ता रोगहरुको शिकार बन्न सक्छन् । बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्याधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् र यसमा आमा–बुबाको भुमिका पनि महत्वपुर्ण हुन्छ । खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय