से‌‌*क्स गर्नाले आयु बड्छ कत्तिको सत्य ?

बुढेसकाल कसैले रोकेर रोक्न सक्ने कुरा होइन । यद्यपि, विज्ञानलाई विश्वास गर्ने हो भने पढ्नु, व्यायाम गर्नु

र स्वस्थ खानेकुरा खानेलगायतका बानी बसाल्दा तपाईंले जीवनका केही वर्ष बढाउन सक्नुहुन्छ ।एक स्वस्थ शरीरका लागि यो सबै कुराको आवश्यकता पर्छ तर अब यो सूचीमा अनुसन्धानकर्ताले अर्को एउटा कुरा पनि समावेश गरिदिएका छन्, र त्यो हो से*क्स अर्थात् स*म्भोग ।

अनुसन्धानकर्ताका अनुसार से*क्स गर्दा थुप्रै गम्भीर रोगको ख’तरा कम हुन्छ । यसले शरीरलाई सन्तुष्ट दिनुका साथै मुड पनि राम्रो बनाउँछ, प्रतिरोधी क्षमता बलियो बनाउँछ, रक्तचापलाई नियन्त्रणमा राख्छ र मुटुरोगबाट पनि जोगाउँछ । जसका कारण मानिसहरुको आयु बढ्ने गर्छ ।

न्यू इंगल्याण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताले से*क्स र मुटुरोगलाई जोड्दै एक अनुसन्धान गरेको छ । यो शोध ६५ वर्षभन्दा कम उमेरका ११ सय २० पुरुष र महिलामा गरिएको हो ।

यो शोधको नतिजा २२ वर्ष पछि आएको छ । यो अनुसन्धानमा दैनिक यौ*न सम्बन्ध स्थापित गर्नेहरुमा मुटुरोगको खतरा निकै कम हुने दाबी गरिएको छ ।

शोधमा बताइए अनुसार हृदयघात भइहाले पनि सक्रिय यौ*न जीवनमा रहनेहरुको बच्ने सम्भावना बढी हुन्छ । शोधमा पत्ता लागे अनुसार जो व्यक्तिले हप्तामा एक पटकभन्दा बढी से*क्स गरेका थिए, हृदयघातपछि उनीहरु मर्ने सम्भावना २७ प्रतिशतसम्म कम थियो ।

कहिलेकाँही यौ*न सम्बन्ध स्थापित गर्नेहरुमा यो सम्भावना ८ प्रतिशतसम्म मात्रै थियो ।

यद्यपि, यौ*न सम्बन्ध स्थापित गर्दा तपाईंको पार्टनरसँग कस्तो लगाव छ भन्ने कुरा पनि महत्वपूर्ण भएको अनुसन्धानले बताएको छ ।

शोधका अनुसार हप्तामा एकपटक स*म्भोग गर्दा लामो उमेरको सम्भावना ३७ प्रतिशतसम्म बढ्ने गर्छ । सम्भोगलाई लामो उमेरसँग जोडिएको यो पहिलो अनुसन्धान भने होइन । केही वर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तै एक अनुसन्धान छापिएको थियो ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अनुसन्धानमा बताइए अनुसार जो पुरुष कम से*क्स गर्छन्, उनीहरुमा मुटुरोगको खतरा बढ्नुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि बढ्ने गर्छ ।

यो शोधमा बताइए अनुसार जो पुरुष यौ*न रुपमा सक्रिउ हुन्छन् उनीहरु शारीरिक परिश्रम पर्ने काम गर्न सक्रिय हुन्छन् जसका कारण उनीहरु स्वस्थ पनि रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय