मेरो बच्चा मोटाएन भन्ने लाग्छ भनि त्यो तपाईको भ्रम हो

अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् ।

जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु ।

मोटोपन भएमा के हुन्छ ?अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । विभिन्न अध्ययनबाट के देखिएको छ भने बाल्यकालमा बढेको मोटोपनले दीर्घकालसम्म स्वास्थ्य समस्या ल्याउँछ ।

मोटोपनका कारण अनेक

युरोपमा गरिएको एक अध्ययन अनुसार अहिले धेरै दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । आमाबुवा एवं घर परिवारको सम्पूर्ण ध्यान नै उक्त बच्चामा केन्द्रित हुन्छ । बच्चालाई आवश्यक्ताभन्दा बढी स्यहारसुसार गर्ने र खानपिन गराउने हुन्छ । यसले बच्चामा मोटोपन बढाउने जोखिम रहन्छ । युरोपमा बालबच्चामा बढ्दो मोटोपन आमाबुवाको लागि टाउको दुखाईको विषय बनेको छ । इटाली, स्पेन र साइप्रसका बच्चाहरुमा मोटोपनको समस्या यरोपको उत्तरी देशहरुको तुलनामा तीन गुणा बढि छ ।

बाल्यकालमै मोटोपन बढेपछि उनीहरुमा त्यसको असर कहिलेसम्म रहन्छ त ? सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ । स्कूलहरुको बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जना बच्चामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिर्वतन भएको जीवनशैली र खानपानको बानीका कारण यस्तो भएको हो ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धि रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र ह्दयघात हुने खतरा बढि हुन्छ ।

बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धि रोगहरु जस्तै मधुमेह जस्ता रोगहरुको शिकार बन्न सक्छन् । बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्याधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् र यसमा आमा–बुबाको भुमिका पनि महत्वपुर्ण हुन्छ । खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ ।

यो पनि पढ्नुहोस्
रोग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।

खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौ ।

भोलि जब हामी वयस्क हुन्छौं । बुढाबुढी हुन्छौ । त्यसबेला कतिपय रोग र शारीरिक अवस्थाको कारण हामीले धेरै किसिमको योग अभ्यास गर्न सक्दैनौ । जबकी अहिलेदेखि गर्न थाल्ने हो भने जीवनभर त्यस किसिमको अभ्यास गर्न सकिन्छ ।

योग भनेको शरीरको समूचित व्यायामको एक सर्वोत्तम विधी हो । शरीरलाई प्राकृतिक रुपमा बलियो, तन्दुरुस्त, निरोगी बनाउनका लागि योग उपयोगी हुन्छ । तर, यसले शारीरिक रुपमा मात्र हामीलाई निरोगी बनाउने होइन, मानसिक रुपमा पनि तगडा बनाउँछ । तन र मनको शुद्धिकरणका लागि योग उपयोगी हुन्छ ।

कतिपय योग विधीहरु यस्ता हुन्छन्, जसले मस्तिष्कलाई स्वस्थ्य राख्छ । स्मरण क्षमता बढाउँछ । त्यसो त शरीर बलियो, निरोगी भएपछि यसैपनि मानसिक रुपमा हामी स्वस्थ्य हुन्छौं । जब शरीर रोगी छ, समस्याग्रस्त छ, तब हामी चाहेर पनि कतिपय कुरा ग्रहण गर्न सक्दैनौ । स्मरण गर्न सक्दैनौ ।

त्यसैले फुर्सदको यो समयमा हामीले आफुलाई योगमा लगाउन सक्छौं । योग, ध्यान, प्राणायम जस्ता प्राकृतिक विधी छन्, जसले हामीलाई निरोगी, तन्दुरुस्तका साथसाथै सकारात्मक र खुसी पनि बनाउँछ ।

शारीरिक स्वस्थ्यका लागि

योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

एकाग्रता बढाउँछ

योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

रोगसँग लड्ने क्षमता बढाउने

नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

योग सिक्नका लागि सबैभन्दा पहिलो त आफुले समय निर्धारण गर्नुपर्छ । खासगरी विहानको समयमा योग गर्नु सर्वोत्तम हुन्छ । त्यस्तै साँझमा पनि योग गर्न सकिन्छ । दिउँसो आफुलाई फुर्सद मिलाएर समेत योग गर्न सकिन्छ । अर्थात योग गर्नका लागि कुनै निश्चित समय यही हुनुपर्छ भन्ने छैन । बिहानको समय चाहि सर्वोत्तम मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय