काठमाण्डौ । भारतको महाराष्ट्रको कोल्हापुर जिल्लामा पानीपूरी विक्रेताले मसलादार पानीमा शौचालयको पानी मिसाएको खुलेपछि सबैको होस उडेको छ ।
यस घटनाको एक भिडियो समेत सामाजिक सञ्जालमा पनि उपलब्ध छ ,जसमा पानीपूरीवालाले शौचालयको पानीले आफ्नो क्यान भरेको र पानीलाई पानीपूरीको मसलासँग मिसाएको देखिन्छ ।कोल्हापुरको रंकला ताल नजिकै रहेको उक्त पानीपूरीको ठेलामा पानीपूरी खान आउँनेहरुको ठुलो भिडभाड हुने गर्थ्यो भने यसरी शौचालयको पानी थपेको घटना थाहा पाएपछि स्थानीय मानिसहरूले उक्त ठेलालाई त्यहाँबाट हटाएका छन् ।
साथै उक्त भिडियो सार्वजनिक भएपछि रिसाएको भीडले बेलुका घटनास्थलमा पुगी उनीमाथी हातपात गर्दै उनको ठेला पनि पल्टाइदिएको मिडिया रिपोर्टले जनाएको छ ।पानीपूरीवालाको भने हात धुनका लागी उक्त पानी राखेको बयान दिएको छ ।