नालीको फोहोरमा भेटियो बेवारिसे शिशुको शव

उदयपुर / उदयपुरको कटारीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ । कटारी नगरपालिका-४ स्थित बसपार्क नजिकैको नालीमा भर्खरै जन्मिएको बच्चाको शव फेला परेको हो । नालीको फोहोरको बीचमा भेटिएको उक्त बच्चाको शवबारे इलाका प्रहरी कार्यालय कटारीले छानविन गरिरहेको डिएसपी हेमन्त भण्डारीले बताए ।

शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखेको उनले जानकारी दिएका छन् । अवैध रुपमा बच्च जन्मिएपछि फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बच्चाको आमाको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्
सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो-पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरे ।

चिकित्सकहरूका अनुसार यसको कारण हो- वायु प्रदूषण ।

नेपाल सरकारका पूर्वसचिव मौसमविद् डा. ऋषिराम शर्मा पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो-अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको बताउँछन् ।

मौसमविद् डा. शर्माको भनाइलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि पुष्टि गर्छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय