उखु किसानहरुको ब्यथा

पैसा आयो कि भन्दै हरेक दुई दिनमा बैङ्कको चक्कर लगाउँसर्लाही । धनकौल गाउँपालिका, छोटौलका किसान रामानन्द राय यादव दुई/तीन दिन बिराएर बैङ्कमा पुग्ने गर्दछन् । आर्थिक कारोबारका लागि होइन, उनी अन्नपूर्ण सुगर मिलका तर्फबाट पाउनुपर्ने उखुको भुक्तानी आफ्नो बैङ्क खातामा आयो कि भनेर बुझ्न सातामै दुई÷तीन पटक बैङ्क पुग्ने गरेका हुन् ।

गत साता सरकार र उखु किसानबीच भएको चार बुँदे सहमतिअनुसार २१ दिनभित्र चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएसँगै उनी बैङ्कमा धाउन थालेका हुन् । भन्छन्– कर्जा तिर्नुछ, बैङ्कमा पैसा आउनेबित्तिकै त्यो निकालेर ऋण तिरिदिन पाए आनन्दले बस्न पाइन्थ्यो ।

रामानन्दमात्र होइन, छोटौलका करिब ८० किसानले अन्नपूर्ण सुगर मिलबाट चार वर्ष अघिकै उखुको भुक्तानी पाउन बाँकी छ ।

धिरजा राय यादव, महेन्द्र राय यादव, मेघु राय यादव, रामशंकर राय यादव, नागेन्द्र राय यादव, हृदय नारायण राय यादव, रामनरेन्द्र राय यादव, लालबाबु राय यादव प्रतिनिधिपात्र मात्र हुन् ।

उनीहरुजस्ता कयौं किसानले उक्त चिनी मिलबाट २०७४ साल कै उखुको भुक्तानी पाएका छैनन् ।

यो पनि पढ्नुहोस्
नेपाल शिक्षक सङ्घ मुसिकोट नगर कार्य समितिले वनभोज जाने निर्णय गरेको छ ।

शनिबार सङ्घको कार्यालयमा बसेको बैठकले आगामी माघ महिनाको ३ गते बाग्लुङ्ग जिल्लाको गल्कोट नगरपालिकाको हरिचौरमा वनभोज जाने निर्णय गरेको शिक्षक सङ्घले जनाएको छ ।

मुसिकोट नगरपालिका भित्र कार्यरत शिक्षकहरू मध्येका शिक्षक सङ्घमा आवद्ध शिक्षकहरुलाइ उपस्थितिको लागि आग्रह गरिएको सङ्घका नगर अध्यक्ष डिल्लीराज खरेलले नबखबरलाइ जानकारी दिनुभयो ।

वनभोज कार्यक्रममा शिक्षक सङ्घका अहिलेसम्मका कार्य समीक्षा साथै आगामी योजनाबारे छलफल हुने बताइएको छ , शिक्षक सङ्घको सदस्यता नविकरण, नया सदस्यता, शिक्षकहरुका पिरमर्का, अधिकार र कर्तव्यबोध लगायतका विषयमा समेत छलफल गरिने बताइएको छ ।

आगामी माघ १७ गते हुने शिक्षक संघको प्रतिनिधी सभाको विषयमा पनि निर्णय हुने अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय