गुल्मीमा गर्भवती महिला भएको घरमा गर्भवती निवास अंकित हरियो पोष्टर

तिलाचन पाण्डे
गुल्मी -गुल्मीदरबार गाउँपालिकामा गर्भवती भएका महिलाहरुको घरमा गर्भवती निवास अंकित हरियो पोष्टर टाँसिएका छन् ।

गाउँपालिकाका सात वटै वडाका १३२ गर्भवती महिलाहरुको घरमा हरियो पोष्टर टाँसिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । गर्भवती भएका महिलाहरुको घर पहिचान गर्नका लागि र उनीहरुलाई कुनै समस्या भएमा सवारी साधन अर्थात एम्बुलेन्स जानका लागि सहज होस भन्ने उद्येश्यले हरियो पोष्टर टाँसिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै महिलाहरु गर्भवती भएको समयमा अभिभाबकहरुले निभाउनु पर्ने भूमिका र दायित्वको बारेमा पनि सरोकारवालाहरुको ध्यान जान सक्ने , घरमा गर्भवती महिला भएको र आँफू बाबु बन्दै छु भन्नेमा पनि गर्व हुने बिश्वास गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले महिला गर्भवति भएपश्चात सुरक्षित मातृत्व , पोषण र बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफनो अनि गर्भ र बच्चाको ख्याल गर्नुस है भन्दै कस्तो छ आमा कार्यक्रम अन्र्तगत सो कार्यक्रम संचालनमा ल्याएको हो ।

तत्कालका लागि गाउँपालिकाले नौ लाख रुपैयाँ बजेटको ब्यबस्थापन गरेको भन्दै रकम अभाब हुन नदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य जाँच र स्वास्थ्य अबस्थाको बारेमा पनि जानकारी लिने गरेको छ ।

अर्को समाचार तपाईँको भान्छामा आलुको परिकार कत्तिको बन्ने गर्छ रु अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ रु यदि खुवाउनु भएको छैन भने अव खुवाउने गर्नुस् ।

एक सोधपत्रका अनुसार १ देखी ३ बर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले आपूर्ती गर्छ ।

बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ ।

उनले बच्चाहरुले अरु तरकारीहरु स्वादका हिसावले मन नपराएपनि आलु भने धेरैले मन पराउने गरेको बताए । उनी भन्छन्, त्यसैले तपाईँ फाइदा उठाउनुस् र बच्चाको खानामा आलु समावेस गर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय