कारले ठ’क्कर दिदा पाटेबाघको मृ’त्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठ’क्करबाट एउटा पाटे बाघको मृ’त्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठ’क्कर दिएको थियो । कारको ठ’क्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृ’त्यु भएको बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकु’ञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक का’रबाही अगाडि बढाइएको छ ।

यो पनि पढ्नुहोस्
संसद् विघटनको विरोध र हिन्दूराज्य सहित राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनपछि राप्रपाले शुक्रबार बृहत प्रदर्शन गरेको हो ।

प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको हो ।

प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा . प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरु उपस्थीत थिए ।

विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि कांग्रेस, कम्युनिष्ट, मधेसवादी र विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकासको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय