झापाली युवाको चमत्कारः बनाए हात्ती लखेट्ने ड्रोन

भद्रपुर नगरपालिका १ पृथ्वीनगर घर भएका युवा वैज्ञानिक प्रधानले ड्रोन साइरन बनाएका हुन् । उनले भद्रपुर १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्एिर दुःख दिन थालेपछि स्थानीयको पीडा कमगर्न नयाँ प्रविधि बनाएको जनाएका छन् ।

अनिलले बनाएको ड्रोन साइरनको बारेमा जानकारी पाइएपछि डिभिजन वन कार्यालयले हात्ती उपद्रो स्थलमा हात्ती लखेट्न परिक्षण प्रयोग गरेको जनाइएको छ । डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेका अनुसार सो ड्रोन प्रयोग गर्न सम्वन्धित निकायबाट स्वीकृति लिने प्रकृयामा रहेको छ । प्रमुख घिमिरेका अनुसार हात्तीलाई नोक्सानी नपुर्याइ खेदाउन बनाइएको ड्रोन साइरन प्रभावकारी हुने देखिएको छ ।

Source: jhapaonline.com/?p=25516

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय