जनजागृति मा विको अध्यक्षमा पत्रकार प्रेम सुनार

सूर्य सुनार, गुल्मी । जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा पत्रकार प्रेम सुनार अध्यक्ष भएका छन ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरमा रहेको जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको आज एक कार्यक्रमका विच समिति गठन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पत्रकार प्रेम सुनारको अध्यक्षतामा ७ जना समिति गठन गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिए ।त्यस्तै विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा गोकर्ण सुर्यवंशी चयन भएका छन ।विद्यालयको लेखा प्रतिवेदन विद्यालयका शिक्षक रम प्रसाद आचार्यले प्रस्तुत गरेका थिए । विद्यालयको सामाजिक वार्षिक लेखा परिक्षण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य शंकर रायमाझीले पुर्व विद्यालय व्यवस्थापन समितिले गरेको कामको प्रशंसा गरेका थिए । साथै आज गठन भएको विद्यालय व्यवस्थापन समितिलाई धन्यावद व्यक्त गदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समाज सेवी विभिन्न राजनितिक दलका प्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय