काठमाडौं : आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ ।
नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे ।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
यो पनि पढ्नुहोस्
काठमाडौँ कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले बर्तमान सरकारले देशलाई दुर्घटनातिर धकेल्न खोजेको बताएका छन । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा कपिलबस्तु कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।
माहामन्त्री कोइरालाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएको भन्दै यो निर्णयले नेपालमा राजनितिक अस्थिरता समेत निम्त्याउन सक्ने चिन्ता प्रकट गरे ।संसद विघटन राष्ट्रको हितमा नभएको बताउदै कोइरालाले सबैतिर असफल भइसकेको सरकार र नेकपा अब राजनितिक रुपमा पनि असफल भइसकेको दाबी गरे ।कोइरालाले कम्युनिष्टहरुका कारण देश सदीयौ देखी राजनितिक अस्थिरताको शिकार भएको र राजनितिक अस्थिरताका कारण देशको बिकाश पछी परेको दाबी गर ।
ओलि सरकारले चुनाब गराउन सक्नेमा आशङ्का ब्यक्त गर्दै महामन्त्री कोइरालाले चुनाब भएमा नेपाली कांग्रेस चुनाबबाट नभाग्ने स्पस्ट पारे ।
महामन्त्री कोइरालाले बिपी कोइरालाको मेलमिलापको निती मुलुकका लागी अझै पनि सान्दर्भिक भएको धारणा राखे ।सबैको सम्मान र सबैको अस्तित्व स्विकार गर्ने संस्कारसगै राष्ट्रीय मेलमिलापले मात्रै देशमा राजनितिक स्थिरता र सम्बृद्दी आउने कोइरालाको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल,दिपक गिरि,गुरुराज घिमिरे,कांग्रेस नेताहरु दिप कुमार उपाध्याय ,अत्तर कमाल्,अभिषेक प्रताप शाह लगायतले आ-आफ्नो धाराणा राखेका थिए ।कार्यक्रम कांग्रेस कपिलबस्तुका सभापती सुरेन्द्र राज आचार्यको सभापतित्वमा भएको थियो ।
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।कांग्रेसले आज देशैभरी बिभिन्न कार्यक्रमहरु गरी मेलमिलाप दिवस मनाएको छ ।