रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको दुईवटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा रोकिराखेको अवस्थामा बा १७च ९३६५ नम्बरको स्कोरपियो गाडी फेला परेको हो ।
दुई वटा गाडीमध्ये एउटा सिल्भर रंगको र अर्को सादा सेतो रंगको रहेको छ । एउटै नम्बरको दुई वटा गाडी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस
कक्षा ११ मा नियमित परिक्षामा कम नम्बर आएका तथा ग्रेडबृद्दी गर्न इच्छुक विद्यार्थिका लागि मुसिकोट नगरपालिका ७ वामिटक्सार स्थित महेन्द्र आदर्श नमुना मा बि मा कक्षा ११ को लागि परीक्षा आवेदन फारम खुलेको छ ।
बुधबार प्रकाशित सुचनामा आउदो पौष २० गतेसम्मको लागि सम्बन्धित विद्यार्थिहरुलाइ विद्यालयमा आएर फारम भर्न अनुरोध गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले नबखबरलाइ जानकारी दिनुभयो । परीक्षा शुल्क ५०० रुपियाँ तोकोएको सुचनामा उल्लेख गरिएको छ
विद्यालयले आवेदन फारम सङ्गै परीक्षा समयतालिका समेत प्रकाशन गरेको छ , पौष २२ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ,त्यस्तै २३ गते ऐच्छिक नेपाली र लेखाका सिद्धांत भन्ने विषयको परीक्षा हुनेछ भने २४ गते ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा हुने विद्यालयले जनाएको छ ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।