अदालतले भन्यो दुवै हात जोडेर आफै भिडियो खिचिन्न : यो शालिकराम पुडासैनीले खिचेको हैन|

अदालतले भन्यो दुवै हात जोडेर आफै भिडियो खिचिन्न : यो शालिकराम पुडासैनीले खिचेको हैन|

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आ,त्मह,त्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आ,त्मह,त्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको हो ।

आदेशमा भिडियो पुडासैनी आफैंले नभएर अरु कसैले खिचेको भनिएको छ । यसको मतलब हुन्छ आ,त्मह,त्या गर्नुपहिले पुडासैनीको कोठामा अरू कोही उपस्थित थियो ।
अदालतको आदेशमा लेखिएको छ, ‘भिडियो रेकर्डको अन्त्यमा मृ’तक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुबाआमा र पत्नीलाई आफूले आ,त्मह,त्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन।‘

आदेशमा अगाडि भनिएको छ, ‘घटनास्थलमा मृ’तकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आ,त्मह,त्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आ’त्मह’त्या गर्नबाट रोक्न, बचाउन‘’आदेशमा भिडियो खिचेको समय र आ,त्मह,त्या गरेको समय फरकफरक भएको पनि लेखिएको छ। भिडियो खिच्ने बेला अर्कै व्यक्ति भएको र उसले चाहेको भए बताउन सक्थ्यो भनेर पनि आदेशमा लेखिएको छ।

भिडियोबारे थप भनिएको छ, ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन। अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ।‘

पुडासैनीलाई आ,त्मह,त्या गर्न दुरुत्साहन गर्ने अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका बारेमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशमा उक्त कुरा लेखिएको छ। आदेशअनुसार रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटी र अस्मितालाई साधारण ताखेमा छोडिएको छ।

पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आ,त्मह,त्या गरेका थिए। उनले आ,त्मह,त्या गर्नुपूर्व मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। जसमा रवि, युवराज र अस्मिताले आफूलाई म’र्न बाध्य पारेको बताएका थिए।

उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। पुडासैनीले आ,त्मह,त्या गरेको १० दिनपछि चितवन प्रहरीले रवि, युवराज र अस्मितालाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगेको थियो।
गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए । प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।

यस्तै कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन् । तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ । लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।
आत्मह’त्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्मह’त्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो। आत्मह’त्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन ल्याएको थियो।

अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो। पत्रकार पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

Source:http://www.janaboli.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय