नागरिकको मन जित्ने गरि काममा लागेका छौँ- गाउँपालिका प्रमुख थापा

गुल्मी-सदरमुकाम गाउँपालिका तम्घास देखि दुरीको हिसाबले र भौगालिक बिकटता रहेको स्थानीय तह हो कालीगण्डकी गाउँपालिका गुल्मी ।

भैगोलिक तबरले हेर्दा बिकास निर्माणमा कम बिकास भएको र यातायात , खानेपानी ,सिंचाई जस्ता तबरले पनि कालीगण्डकी गाउँपालिका पछि परेको देखिन्छ ।

साबिकको जिल्ला बिकास समितिबाट हुने बिकास निर्माणका कार्यहरुमा पनि सदरमुकाम तम्घासबाट बिकट रहेको र त्यस स्थानमा नेतृत्व गर्ने नेताहरु कमी भएका कारण सदरमुकाम र सदरमुकाम संग सिधै भौगोलिक हिसाबले पनि सम्पर्क नहुँदा बिकासको तबरबाट पछाडी परेको गाउँपालिका हो ।

साबिकको ७ वटा गाबिसहरु , हर्मिचौर , अर्बेनी , जयखानी , पुर्तिघाट , फोक्सिङ , भुर्तुङ र खडगकोट गाबिस मिलेर बनेको गाउँपालिकाको केन्द्र पुर्तिघाटमा रहेको छ । कुल १०१ दशमलव ०४ बर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकामा कुल १८ हजार ८७६ जनसंख्या मध्ये ८ हजार २७५ पूरुष र १० हजार ६०१ महिलाको संख्या रहेको छ ।

गाउँपालिकाको उत्तरमा बाग्लुङ ,पूर्वमा पर्बत , दक्षिणमा स्याङजा र पश्चिममा जिल्लाकै चन्द्रकोट गाउँपालिका रहेको छ । यहाँको बजार बिशेष स्याङजाको मिर्मी र बुटवल केन्द्रित रहेको छ ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा तत्कालीन नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र बिच तालमेल गरेर नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष बेदबहादुर थापा निर्वाचित भए । बिगत एक दशक देखि नेपाली काँग्रेको राजनीति गर्दै आएका बेदबहादुर थापा मगर युवा नेतृत्व अन्र्तगत रहेका छन् । कालीगण्डकी गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि नमूना योग्य कामहरु केके भए त भनेर अध्यक्ष बेदबहादुर थापासंग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।
तपाई निर्वाचित भएर आइसकेपछि हाल सम्मका नमूना योग्य कामहरु के के भए रु

बास्तमा हामीहरु निर्वाचित भएर आँउदा कार्यालय ब्यबस्थापन देखि सबै नयाँ तरिकाले गर्नुपर्ने नयाँ ब्यबस्था भएको र कानून, नीति निर्माणमा पहिलो बर्ष यसै बित्यो । तर पनि हामीहरुले स्थानीय जनताहरुलाई जहाँ जस्तो अबस्थामा छौ सोही बमोजिम सेवा प्रवाहा गरेका छौ ।
हामीहरु निर्वाचित भएर आइसकेपछि प्रत्येक गाउँमा जाने मोटरबाटाहरुको बिस्तार गरेका छौ भने अहिले रेप्का हर्मिचौर सडक खण्ड ग्राभेल भएरहेको छ ।

यस्तै हर्मिचौर देखि देउराली जोड्ने सडकको बिचमा ठूलो पहरा थियो त्यसलाई पनि नेपाली सेनाको सहयोगमा फुटाएर अहिले निरन्तर रुपमा गाडीहरु चलेका छन् । गाउँपालिका भित्रका बिभिन्न स्थानहरुमा गरी करिब १२ सय घरधुरीहरुलाई एक घर एक धाराको अबधारण अनुसार खानेपानीको ब्यबस्था गरेका छौ ।

कृषि क्षेत्रमा युवाहरुको उत्साह भएको र ब्यबसायीक रुपमा कामहरु भएका छन् भने युवाहरुलाई स्वदेशमानै रोजगारी सिर्जना गर्न बेरोजगारलाई अन्त्य गर्नका लागि समूह , सहकारी , निजी फर्महरुलाई अनुदान दिई कृषि र पशुपालनलाई ब्यबसायीक बनाई बेरोजगारलाई अन्त्य गर्नका लागि र युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने काम गरेका छौ ।
एक घर एक करेसाबारीलाई प्रथामिकता साथ अगाडी बढाएको र सफा र ताजा तरकारी प्रत्येकको भान्सामा हुने गरी लागि परेका छौ ।

शिक्षाको क्षेत्रमा के के सुधार भए त ?

हो हामीहरु निर्वाचित भएर आउँदा शिक्षाको क्षेत्रमा धेरै समस्या थिए ।
स्थानीय स्तरबाट संचालनमा आएका निम्न माध्यमिक बिद्यालय र माध्यमिक बिद्यालयहरुमा केही दरबन्दीहरु थिएनन् । उहाँहरुले दुःखका साथ बिद्यालयहरु चलाउनुभएको थियो । अहिले त्यी बिद्यालयहरुमा दरबन्दीको ब्यबस्था गरी शिक्षकहरु पठाएका छौ । यसै गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट बिद्यालयहरुका भबनहरु प्नि निर्माण भइरहेका छन् ।

बिपन्नहरुले के पाए त ?

हो पालिका भित्र रहेका बिपन्नहरुको साथमा स्थानीय सरकार सधै रहनेछ र रही रहेको पनि छ । उहाँहरुलाई मुख्यमन्त्री गा्रमीण बिकास कार्यक्रम मार्फत घर निर्माण पनि गरिदिएका छौ । यस्तै बिपन्नहरुलाई आयआर्जनमा बृद्धि गर्नका लागि बिभिन्न तालिमहरु र उपकरणहरु पनि अनुदानमा बितरण गर्दै आएका छौ ।

गाउँपालिकाको भौतिक संरचना

अहिले हामीहरुले गाउँपालिकाको सभाहल निर्माण गरिरहेको छौ भने कार्यालय भाडामै बसेका छौ । अन्य संरचनाहरु ीनर्माण कै क्रममा छौ ।

अन्त्यमा हामीले लिएका केही लक्ष्यहरुमा सबै नागरीकहरु जगरुक हुनुहुन्छ, स्थानीय सरकारले गनुपर्ने काममा हामी गम्भीर रुपमा जिम्मेवार छौ । स्थानीय सरकार पहिलो अभ्यास र नागरिकहरुका महात्वआकांक्षा बढ्दै जानुहाम्रो लागी समस्या रहेको छ तर पनि यि समस्यालाई अवसरको रुपमा लिएर सबै गाउँपालिकाका टिम मिलेर अगाडी बढिरहेका छौ र बढछौ ।

(खबर मार्केटबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय