विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी/ नबखबर
वामी विश्व सम्पर्क मन्चको बैठक सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका ७ वामिटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा मङगलबार बसेको बैठकले साविक वामी गाविस भित्रका विद्यालयहरुबाट उपल्लो कक्षाबाट उत्कृष्ट अन्क ल्याउने १ छात्र र १ छात्रालाइ जेहन्दार छात्राबृत्ती प्रदान गर्ने; त्यस्तै प्रत्येक विद्यालयमा १ जनाको लागि विपन्न छात्रवृत्ति प्रदान गरिने वामी विश्व सम्पर्क मन्च मुल समितिका सचिव रामचन्द्र सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।
त्यस्तै मुल समारोह समितिकी सदस्य तथा महेन्द्र आदर्श नमुना मा वि मा कार्यरत शिक्षक सरिता कक्षापतिले क्यान्सर रोगको सामना गर्नुपरेको र उपचार गराइरहनुभएकोले उहाको स्वास्थ्यलाइ थोरै भएपनी सहयोग होस भन्ने हेतुले २० हजार सहयोग गर्ने निर्णय गरिएको समितिका उपाध्यक्ष डिलाराम खरेलले जानकारी दिनुभयो ।
प्रत्येक शैक्षिक सत्रको नतिजालाइ आधार मानेर प्रदान गरिने छात्रवृत्ति सोही आर्थिक वर्षको असार मसान्तसम्म वितरण गरिसक्नुपर्ने भएपनी यस वर्षभने कोरोनाको महामारीले गर्दा ढिला भएपनी अब भने छिट्टै वितरण गरिने समितिका अध्यक्ष ज्ञानिश्वर काफ्लेले बताउनुभयो ।
समितिले प्रत्येक वर्ष दाताहरुबाट संकलित रकमबाट सहयोगका कार्यक्रम गर्दै आएपनी अब भने १२ लाख रुपैयाँ बैंकको मुद्दती खातामा राखेर त्यसबाट प्राप्त ब्याजबाट नियमित कार्यक्रमलाई निरन्तरता दिइने मन्चले जनाएको छ ।
छात्रवृत्ति रकम साविक वामी गाविसका माध्यमिक विद्यालयहरुमा १० कक्षामा उत्कृष्टलाई प्रती विद्यार्थी ५ हजारका दरले वितरण गर्दै आएको र अन्य विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाइ प्रती विद्यार्थी २ हजारका दरले वितरण गरेपनी विपन्न विद्यार्थी छात्रवृत्ति भने छनोट भएका सबैलाई २ हजारका दरले दिइदै आएको बताइएको छ ।
२०७१ सालदेखी सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा पहिलो वर्ष कृष्ण चालिसे,२०७२/७३/ र ७४ सालमा हेमु बोहोरा, २०७५ सालमा टंक कण्डेलको सहयोगमा वितरण गरिएकोमा २०७६ सालको वितरण भने समितिको आफ्नै कोषबाट गर्न लागिएको बताइएको छ ।