ताजा खबर :जनताको भनाइ हामीलाई  एम्बुलेन्स छैन, आफ्ना लागि स्कोरपियो र पजेरो

ताजा खबर ! ताजा खबर !! ताजा खबर !!!

गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका लागि गाउँपालिकामा निवेदन दिए ।

संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनसम्बन्धी अधिकार दिए पनि पटेर्वासुगौलीमा यससम्बन्धी कार्यविधि बनेको छैन ।

आगलागीलगायतका विपदमा पीडित गाउँवासीलाई कसरी सहयोग गर्ने भन्ने अन्यौलका बीच गाउँपालिकाले पाँचहजार रुपैयाँ बराबरको राहत सामग्री दिने गरेको छ ।

गाउँपालिका प्रमुखका लागि चाहिँ महंगो गाडी किनिएको छ । निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम घिमिरे स्थानीय सरकारहरुले दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक साधन खरिदमा ध्यान नै नदिएको बताउँछन् । भन्छन्, ‘जनप्रतिनिधिहरु आफ्नै सुविधा कसरी बढाउने भन्नेमा देखिन्छन् ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार पर्सा जिल्लामा कुल १७ हजार ७३५ परिवारको घर फुसको छ । टोलहरुमा जोडिएका फुसको घरमा विभिन्न कारणले आगलागी हुने गर्छ । त्यसकारण पर्सामा आगलागी प्रमुख विपदमा पर्छ ।

२०७१ जेठमा तयार पारिएको जिल्ला विपद व्यवस्थापन योजनामा आगो बालेर राम्ररी ननिभाई छाड्ने, आगलागी गराउने सामाग्री बालबच्चाले सजिलै भेट्ने ठाउँमा राख्ने, आगलागी नियन्त्रण गर्ने सामाग्री नहुनु, जनचेतनाको कमीलगायतका कारणले पर्सा आगलागीको उच्च जोखिममा रहेको उल्लेख छ । जिल्लाको ६२ हजार ८०५ घरधुरीमा खाना पकाउने मुख्य इन्धन दाउरा वा गुँइठा भएकाले पनि पर्सामा आगलागीको जोखिम बढी छ ।

स्रोत=http://www.onlinekhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय