प्रचण्ड–माधव समुहले बागलुङमा विरोध प्रद्धर्शन गर्ने

नेकपाको प्रचण्ड–माधव समुहले पौष १४ मा बागलुङमा विरोध प्रद्धर्शन गर्ने
बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको बैठक सम्पन्न भएको छ । नेकपाको प्रचण्ड–माधव समुहले आयोजना गरेकोे बैठकले प्रधामन्त्री केपी शर्मा ओलिकको कदम प्रतिगामी भएको भन्दै विरोध प्रद्धर्शन गर्ने भएको छ ।

नेकपाले पौष १४ गते बागलुङ सदरमुकाममा विरोध प्रद्धर्शन गर्ने जनाएको छ । बैठकमा बोल्ने वक्ताहरुले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमले अलोकतन्त्रिक र संविधानको मर्म विपरित भएको बताए ।

बैठकले सबै पार्टीपंक्ति तथा नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा प्रस्तुत हुन आग्रह गर्दै पार्टी एकतामा आँच पुग्ने खालको गतिविधी नगर्न, धैर्यता र संयमताका साथ अगाडि बढ्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा क्रियाशिल रहन अनुरोध गरेको छ ।

सत्ता र शक्तिको आडमा कार्यकर्तामा भ्रम छर्नेकाम भएको भन्दै त्यसकाविरुद्ध खुलेर संघर्ष गर्न समेत बैठकले कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । बैठकले सबै पार्टी तथा जनवर्गिय संगठनको नगर तथा गाउँ कमिटिलाई पुस २० गतेभित्र बैठक तथा भेला आयोजना गर्न, १४ गते पार्टीको अगुवाईमा हुने संसद

विघटनविरुद्धको कार्यक्रममा सहभागी हुने, २० गतेसम्म पालिका स्तरका कमिटिका सबै बैठक भेला सक्ने निर्णय गरेको नेकपा बागलुङ सचिव ज्ञामनाथ गैरे जानकारी दिए ।

पार्टि विभाजनको पक्षमा हुने सबै क्रियाकलाप निरुत्साहित गर्न सबै कार्यकर्ता पंक्तिलाई सचेत हुन आग्रह गर्ने र २५ गते वडा तहमा भेला तथा बैठक एवं प्रशिक्षण संचालन गर्न निर्देशन गरेको बताइएको छ ।

कार्यक्रम जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, स्वागत कार्यालय सदस्य फमलाल निउरे र संचालन सचिव ज्ञामनाथ गैरेले गरेका थिए ।
( बागलुङ पोस्टबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय