राजनितीक खिचातानी बढेपनी मुसिकोटमा मिलेर बसेका छौँ -उपप्रमुख शर्मा

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी / नबखबर

देशमा राजनितिक खिचातानी बढेपनी मुसिकोट नगरपालिकामा भने मिलेर बसेको नगर उप प्रमुख कमला शर्माले बताउनुभएको छ।

नबखबरसङ्ग कुराकानी गर्दै शर्माले देशमा राजनितिक अस्थिरता बढेपनी आफू त्यसको सिकार नभएको दाबी गर्नुभएको छ । आफुलाइ नागरिकले दिएको भुमिका र जिम्मेवारीमा कटिबद्ध रहेको बताउदै उपप्रमुखका काम कर्तव्य र अधिकारको राम्रोसँग अध्ययन गरि नागरिकको सेवामा तल्लिन रहेकोले राजनितिको जोडघटाउले असर नगर्ने बताउनुभयो ।

समाजिक सन्जालमा भेटिएजस्तो झगडा गर्नुहुन्छ कि? नगरप्रमुख र उपप्रमुख तथा कर्मचारी बिच सम्बन्ध कसरी कायम गर्नुभएको छ ? भन्ने प्रश्नमा उहाले पदिय दायित्व अनुसार नगरप्रमुख, आफू र कर्मचारी सबैले कर्तव्य पालना गर्ने गरेकोले सम्बन्धमा कुनै खटपट नभएको उहाको भनाइ छ ।

उपप्रमुखका काम मध्ये संचालित योजनाको नियमित अनुगमनको काम भइरहेको, बजार अनुगमनका कामलाइ कार्यतालिका अनुसार गर्ने र सुझाव दिने गरेको, राजश्व वृद्धिको लागि योजनाहरु बनाइरहेको, योजना तथा बजेट तर्जमा गर्दा गौरवका योजना बनाइ काम सुरु गरेको लगायतका काममा आफू व्यस्त रहेको उहाले बताउनुभयो ।

बेलाबेलामा भ्रष्टाचारको आरोप आउने गरेपनी आफुले थाहा पाएसम्म त्यस्तो नभएको उहाको दाबी रहेको छ ,साथै अनुगमनका नाममा भत्ता लिने र काम नगरेको गुनासोप्रती नियमितरूपमा व्यवस्था अनुसार कहिँ एकदुइपटक त्यो सुविधा पाएपनी अहिलेसम्म भत्ता नलिएको र त्यस्तो अवैधानिक रुपमा भत्ता लिएको भेटाएमा सजायको भागेदार बन्न तयार रहेको बताउनुभयो ।

कहिलेकाहीँ योजनाका काममा अलिकती भएपनी मिलाउन पाएहुन्थ्यो जस्तो लाग्दैन ? भन्ने प्रश्नमा उहाले आफू कमाउनको लागि नभएर सामाजिक सेवाको लागि राजनितिमा लागेको उल्लेख गर्दै राजनीतिलाई कमाउने भाडो बनाउने प्रवृत्ति बढेकोले नागरिकको नेता र जनप्रतिनिधि प्रती विश्वास घटेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय