नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले थाल्यो अन्तरक्रियापछि चुनाव प्रचार

मुसिकोट गुल्मी,

नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेर चुनाव प्रचारप्रसारमा जुटेको छ ।

गत माघ १२ गते काठमाडौँको बत्तिसपुतलीको एक होटलमा भएको भेटघाट एवम अन्तरक्रिया कार्यक्रमपश्चात चुनाव प्रचारप्रसारको काम थालिएको नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।

विशेष गरी गुल्मी जन्मथलो भएर काठमाण्डौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका गुल्मेलीहरुलाई आगामी फागुन २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनमा गुल्मीका आ आफ्ना मतदानस्थलसम्म जान सहजिकरण गर्ने सम्पर्क समितिले योजना बनाएको सभापति खरेलले बताउनुभयो ।

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रतिनिधिसभा क्षेत्रनम्बर १ बाट चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट भुवनप्रसाद श्रेष्ठ चुनावी मैदानमा मतदाता भेटघाटमा ब्यस्त रहेका छन ।

अन्तरक्रिया कार्यक्रममा उम्मेदवारद्वय भण्डारी र श्रेष्ठले आफूहरुले काङ्ग्रेसलाई बदलेर आएको र अब देश बदल्ने बेला आएको भन्दै अब नयाँ पुस्ताको आवाज आफूहरुले मात्र बुझेर काम गर्न सक्ने भएकोले आफ्नो अमुल्य मत दिएर अत्यधिक बहुमतकासाथ जिताउन आम मतदाताहरुलाई अनुरोध गर्नुभएको थियो ।

त्यस्तै आफ्ना कुरा मतदातासमक्ष राख्न उम्मेदवारहरुलाई सजिलो होस भन्ने उद्धेश्यका साथ गुल्मी काठमाडौं सम्पर्क समितिले आउँदो माघ २४ गते शनिबारका दिन काठमाडौँको थानकोटमा वृहत वनभोजको आयोजना गरेको समितिका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय