नेपाल रेडक्रस सोसाइटी वामी उपशाखाको छैठौँ अधिवेशन सम्पन्न

मुसिकोट गुल्मी,

नेपाल रेडक्रस सोसाइटी वामी उपशाखा मुसीकोट ७ को छैठौँ अधिवेशन सम्पन्न भएको छ ।रेडक्रसको नवनिर्मित भवनको प्राङ्गणमा शनिबार भएको भेलाबाट उन्नाइसौँ साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले सेवा नै धर्म हो भन्ने मान्यताका साथ जन्मिएको रेडक्रस आज संसारभर विपतमा आफ्नो उपस्थिति गराएर मानवसेवा गरिरहेको र मुसिकोटमा पनि रेडक्रसले निकै राम्रो भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा थप कृयाशिलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रेडक्रश जिल्ला गुल्मीका मन्त्री ज्ञानहरी सापकोटा, जिल्ला प्रतिनिधि साबित्रा श्रेष्ठ, वामी गाविसका पुर्व अध्यक्ष हरिनारायण सापकोटा, मुसिकोट ७ का पुर्व वडाध्यक्ष प्रकाश काफ्ले, रेडक्रश वामी उपशाखाका पुर्व अध्यक्ष भुवन केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपशाखाकी उपसभापति कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा , शीला खरालको स्वागत गीत प्रस्तुत गरिएको थियो । शाखाका सभापति रामचन्द्र सापकोटाको सभापतित्व रहेको कार्यक्रमको सन्चालन सचिव भोजराज सापकोटाले गर्नुभएको थियो ।

शनिबार सम्पन्न छैठौँ अधिवेशनबाट रामचन्द्र सापकोटाको सभापतित्वमा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । जसको उप सभापति कल्पना घिमिरे, सचिव भोजराज सापकोटा, कोषाध्यक्ष टंकनाथ भण्डारी, उप सचिव नविन कक्षपती, उप कोषाध्यक्ष शीला खराल सदस्यहरुमा गजाधर सापकोटा, पार्वती भण्डारी, कृष्ण प्रसाद घिमिरे, अमृता आचार्य र मायादेवी खराल रहनुभएको छ ।

सम्पन्न अधिवेशनको बिचमा यशस्कर सदस्यहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय