मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँ स्थित तोलादी प्राथमिक विद्यालयका विद्यार्थीको आँखा निशुल्क रुपमा चेकजाँज गरिएको छ ।

मुसिकोट नगरपालिकाभित्रका विभिन्न ठाउँमा आँखा चेकजाँच गरिएपनि तोलादी क्षेत्रका बासिन्दाहरु भौगोलिक अवस्थाका कारण सेवाबाट बन्चित भएका थिए ।
श्री कृष्णहरी रुद्रावति सापकोटा आँखा उपचार केन्द्रको आयोजनामा तोलादी प्राथमिक विद्यालयको प्राङगणमा सन्चारकर्मी दिलु केसीको सहजिकरणमा बुधबार कार्यक्रम सम्पन्न भएको मधु मल्लले जानकारी दिनुभयो ।

विद्यालयका २७ जना विद्यार्थीको निशुल्क आँखा चेकजाँच गरिएकोमा ३ जनालाई सामान्य समस्या देखिएपछि बिहिबार थप उपचारको लागि आँखा उपचार केन्द्र वामीटक्सारमा बोलाइएको कार्यालयका अपथाल्मिक टेक्निसियन दिपेन्द्र ज्ञवालीले बताउनुभयो ।
विद्यार्थी सङ्गसङ्गै सोही क्षेत्रका ४४ जना अभिभावकको निशुल्क रुपमा आँखा चेकजाँच गरिएको बताइएको छ ।
जसमध्ये ५ जनालाई मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरुलाई आफ्नो अनुकुल मिलाएर जिल्ला आँखा उपचार केन्द्र वा अन्यत्र पायक पर्ने ठाउँमा चेकजाँचको लागि जान आँखा उपचार केन्द्र प्रमुख आभा श्रेष्ठले बताउनुभयो ।
शिविर सन्चालन एवम सहजिकरण गर्ने सबैप्रति विद्यालयका पुर्व प्रधानाध्यापक मधु मल्लले स्वागत एवम धन्यवाद व्यक्त गर्नुभएको थियो । शिविरमा मिडिया सहयोगिको रुपमा नवखबर डटकम, युनिक खबर डटकम र ओझेलका खबरले भूमिका निर्वाह गरेका थिए ।

के सीले आफ्नो पहललाई सहर्ष रूपमा स्विकार गरी सोही बिद्यालयमा उपस्थिति भएर शिविर सम्पन्न गरेकोमा केन्द्र प्रमुख आभा श्रेष्ठ र टेक्निसिएन दिपेन्द्र ज्ञवालीलाई धन्यावाद दिँदै फुलमाला र सम्मान पत्रले सम्मान गरिएको पनि बताउनु भयो ।
उपस्थित अतिथिहरुलाई खाजाको व्यवस्था पुर्व वडा सदस्य गणेश बहादुर कुँवरले गर्नुभएको थियो ।



