मुसिकोट गुल्मी,
गुल्मीको मुसिकोट नगरपालिकामा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको ६७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ। बुधबारदेखि आन्तरिक रुपमा संचालन भएको कार्यक्रम शुक्रबार औपचारिक कार्यक्रमकाबिच विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख प्रमुख अतिथिको रुपमा उपस्थित भै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोहि अवसरमा उहाँले विद्यालयले तयार पारेको लघु संग्राहलयको अवलोकन गर्दै शुभकामाना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारीले बोल्दै विद्यालयले पछिल्लो समयमा विभिन्न क्षेत्रमा प्रगतिको इटा थप्दै गएकोप्रति खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यस्तै मुसिकोट नगरपालिका वडानम्बर ७ का पुर्व वडाध्यक्ष तथा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रकाश काफ्ले विशेष अतिथिको रुपमा बोल्दै विद्यालयका हरेक गतिबिधि सन्तोषजनक र चौतर्फी विकासमा जोड दिएकोप्रति खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणी भण्डारीले शुभकामना व्यक्त गर्दै विद्यालयका प्रगतिको कामना गर्नुभएको थियो ।
सम्पन्न कार्यक्रममा प्रधानाध्यापक देवीराम शर्माले प्र अ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो,त्यस्तै पुर्व शिक्षक बिदाइ ,नौमती बाजा प्रस्तुति ,भजन प्रस्तुति , नेवारी गित र नृत्य प्रस्तुति, प्रभातफेरी ,दाता सहयोग एवं सम्मान, शिक्षक नृत्य , वक्तृत्वकला , कराँते छात्र,छात्रा प्रस्तुति,छात्रवृत्ति वितरण, स्काउट नृत्य एवं पुरस्कार वितरण कार्यक्रम भएको प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो।
कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक धनपति खरेलको रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शाक्यको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो।


