गुल्मीको मुसिकोटमा लक्षित वर्ग, समुदाय, समुह गठन कार्य चल्दै 

मुसिकोट गुल्मी- गुल्मीको मुसिकोटमा लक्षित वर्ग, समुदाय, समुह गठन कार्य चलिरहेको छ । गठन कार्य अन्तरगत वडा नम्बर ८ वामी मैदानमा शनिबार समुह गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

अहिलेसम्म मुसिकोट नगरपालिकाको ५ वटा वडामा ३ वटा स्तरमा समूह गठन कार्यक्रम सम्पन्न गरिएको छ । जसमध्ये महिला तर्फ २० वटा दलित तर्फ ११ वटा जनजाति तर्फ ८ वटा गरि ३९ समुह गठन कार्य सकिएको छ । अब २० गते वडा न ४ मा २१ गते वडा न ६ मा २२ गते वडा न ५ र २४ गते वडा न ७ मा गरिने बताइएको छ ।

शनिबार समुह गठन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख जीवलाल खरेल जीवनले काम गर्दागर्दै कसैलाई बिचमै नछोड्न आग्रह गर्दै समुह गठनपछि सबैले सक्रिय रुपमा काम गर्न सकेमा केहि न केहि लाभ अवस्य मिल्ने भन्दै आम्दानीको श्रोतलाई निकै बलियो बनाउन सक्ने अपेक्षा आफूले गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

मुसिकोट नगरपालिकाले लक्षित वर्ग, समुह, समुदायलाई छुट्याएको रकम १ करोड १२ लाख मध्येबाट नगरका ९ ओटा वडाले प्रयोग गरी आम्दानिको श्रोत बढाउने काममा सहयोग पुग्ने भन्दै धैर्य भएर काम गर्न आग्रह गर्दै जोत्दाजोत्दै बिचैमा हलो नफाल्न नगर प्रमुखले आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता वडानम्बर ८ का वडाध्यक्ष रमेश बिकको रहेको कार्यक्रममा नगरस्तरीय सन्जालकी संयोजक साबित्रा बिष्ट घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय