स्वर्गिय बुवाको स्मृतिमा छोरीहरुद्वारा विद्यार्थीलाइ न्यानो पोशाक वितरण

गुल्मी, मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार निवासी स्वर्गिय सुदर्शन शाक्यको स्मृतिमा छोरीहरु मीरा शाक्य र सजना शाक्यको सहयोगमा विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको छ ।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा अवस्थित विद्यालयको बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीमध्ये विद्यालयले छनोट गरेका २२६ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

बुधबार एक कार्यक्रमको आयोजना गरि गरिएको पोशाक वितरण कार्यक्रममा अनुपस्थित विद्यार्थी र आवश्यकताको आधारमा अन्य विद्यार्थीहरुलाई उपलब्ध गराउन भन्दै १५ सेट पोशाक विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।

स्वर्गिय शाक्यका सहयोगी छोरीहरु मीरा शाक्य नेपाल बैङ्क लिमिटेड वामी शाखाकी प्रबन्धक हुनुहुन्छ भने सजना शाक्य शाइन रेसुङ्गा बैङक वामी शाखाकी प्रबन्धक हुनुहुन्छ । उहाँहरुले बुवाको सम्झनास्वरुप २ लाख २६ हजार बराबरको न्यानो कपडा अन्तर्गत स्वीटर र टोपी वितरण गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले सहयोगिप्रति धन्यवाद दिँदै स्वर्गिय सुदर्शन शाक्यको योगदानको स्मरण गर्दै प्रशँसा व्यक्त गर्नुभयो । छोरीहरुलाई पनि बुवाको मार्गमा हिड्ने प्रेरणा जागेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

विद्यालयका अध्यक्ष सन्तोष शाक्यले दाजुको स्मरण गर्दै आफू पनि उहाँको सपना पुरा गर्न प्रतिवद्द रहेको बताउँदै सहयोगि छोरीहरुप्रति आभार व्यक्त गर्नुभएको थियो । सोहि कार्यक्रममा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कँडेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक धनपति खरेल र निमावि इन्चार्ज रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय