तिलक मगर
खर्वाङ: “आवासिय विद्यालय, प्राविधिक शिक्षालय” निमार्णको लागि बडिगाड गाउँपालिका २ स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा सम्पन्न भएको महायज्ञमा २ करोड ९० लाख ३५ हजार ४७ रुपैया १० पैसा रकम संकलन भएको छ ।
(सोमवार) बिद्यालयमा आयोजित श्रीमदभागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक तथा सम्मानित हुन वाँकी सहयोग दानदाताहरुलाई सम्मान गर्ने सो कार्यक्रममा अहिले सम्म ९६ लाख ७४ हजार ६ सय ६७ रुपैयाँ ७ पैसा रकम संकलन भएको बाँकि रकमको प्रतिबद्धता रहेको विद्यालयका प्रधानाध्यापक ढालमणी भन्डारीले जानकारी दिनुभयो ।
गत मंसिर २१ गतेदेखि २८ गतेसम्म बिद्यालयमा सञ्चालित महायज्ञमा ४९ लाख ५८ हजार ३७१ रुपैयाँ मात्रै खर्च भएको छ । आय व्यय सार्वजनिक कार्यक्रममा विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुषालले बताउनुभयो । साथै उहाँले आवासिय विद्यालय, प्राविधिक शिक्षालय निर्माणको लागि आयोजित महायज्ञबाट संकलित रकम विद्यालयको शैक्षिक, भौतिक तथा समग्र समृद्धिको लागि प्रयोग गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा महायज्ञमा भएको आय व्यय सार्वजनिक गर्नुको साथै छुटेका दानदाताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम बिद्यालयका शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयमा एक हजार १ सय ८७ जना विद्यार्थीहरु अध्ययनरत छन । शिला लेखनको काम बाकी नै रहेको हुदा महायज्ञ अवधीभर सहयोग गर्न नपाएका शिक्षाप्रेमी दानदाताहरुले अझै पनि सहयोग गर्न पाईने तथा पहिले सहयोग गरेका दानदाताहरुले थप रकम पनि थप्न सकिने विद्यालयले जनाएको छ ।


