पुर्व विद्यार्थीद्वारा अन्तरक्रिया कार्यक्रम

बुटवल, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा श्री जोहाङ रन्जित प्रसाद लालचन रुद्रावती माध्यमिक विद्यालयको यही  सालमा हुन गइरहेको स्वर्णमहोत्सवको लागी पूर्व विद्यार्थीहरूद्वारा  वधु होटलमा एक कार्यक्रम आयोजना गरी छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । कार्यक्रममा सहभागि संयोजक हरि प्रसाद भण्डारी, कार्यक्रम व्यवस्थापन ओम भण्डारीको नेतृत्वमा पूर्व विद्यार्थीद्वारा कर्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी  साथै सत्यवती गाउँपालिका वार्ड नं ६ का कार्यवाहक अध्यक्ष छविलाल भट्टराईको विशिष्ट अतिथि तथा पूर्व प्र अ जनकलाल कडेल, र चिदीपानी तिलोत्तमा समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई र जुनिया चिदिपानी तराई सम्पर्क समाजका अध्यक्ष कृष्ण बहादुर थापा विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापा,महेन्द्र भण्डारी लक्ष्मीपति भण्डारी भीम बहादुर क्षेत्री खिमलाल भण्डारी नारायण घर्ती परशुराम भण्डारी शिक्षक लक्ष्मी न्यौपाने सागर घिमिरे साथै पूर्व विद्यार्थी पूर्व शिक्षक,अभिभावक तथा समाजसेवी वर्गको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै पूर्व विद्यार्थीहरूले आफूलाई लामो समय सम्म नसम्झेको गुनासो गर्दै अब आउने दिनहरूमा विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताएका थिए । त्यस्तै मतिमा भुसाल देवकीनन्दन भण्डारी कृष्ण प्रसाद भट्टाराई, कृष्ण बहादुर थापा, छबीलाल भट्टाराई तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

त्यसै गरी कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्र.अ. जनकलाल कडेलले आफ्ना अनुभव बताउँदै विद्यालयको पर्गतिको लागि शुभकामना व्यक्त गर्दै आफुले गरेको योगदानलाई स्मरण गर्नुभएको थियो ।

यसै सन्दर्भमा सबै विद्यार्थीहरु एकजुट भई विद्यालयको सर्वाङ्ग विकासको लागि आफ्नो प्रतिबद्धता सहित आफ्नो सहयोग तथा उक्त कार्यक्रममा स्वर्ण महोत्सव हुन गइरहेको पुस २३ गतेदेखि २७ गतेको कार्यक्रममा आफ्नो उपस्थिति जनाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो

विद्यालयले हामीलाई दिएको गुणलाई हामीले जति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमका अध्यक्ष हरि भण्डारीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय