कौरव खत्री
बाग्लुङ, गल्कोट समाज जापानले अंग्रेजी नँया बर्षको अवसरमा भव्यताका साथ कार्यक्रम गर्ने भएको छ ।
गल्कोट समाज जापानले अंग्रेजी नँया बर्ष २०२५ को अवसरमा“समृद्ध राष्ट्र निमार्णका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य, र खेलकुदमा लगानी” भन्ने नारा सहित नँया बर्ष २०२६ मनाउन लागि रहेको गल्कोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिनुभयो ।
नँया बर्षका अवसरमा साँस्कृतिक कार्यक्रममा बहुचर्चित राष्ट्रिय कलाकारहरु रामकृष्ण बम मल्ल,शिव परियार,समिक्षा अधिकारी,सूर्य खड्का लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने समेत अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
२००६ सालमा “हाम्रो गाँउ हाम्रो ठाँउ हातेमालो गरि समृद्ध बनाऔँ”भन्ने उद्देश्यका साथ स्थापना भइआएको संमाजले सामुदायिक एकता, साँस्कृतिक पहिचानको संरक्षण,सामाजिक तथा मानवीयसेवा एंव विपन्न समुदायका लागि सहयोग गदै निरन्तर अगाडी बढिरहेको छ ।
समाजले डिसेम्बर ३१ तारिख ओसाका,जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ ।
समाजले गलकोट नगरपालिका र ताराखोला गाँउपालिका गरि ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा पहिलो चरणको कार्यक्रम अन्तर्गत ५५ लाख बराबरको गलकोट शिक्षाकोष नामक अक्षयकोष स्थापना गरि कोषबाट माध्यमिक विद्यालयहरुलाई रकम हस्तान्तरण गरिएको थियो ।
साथै अक्षयकोष स्थापना कार्यक्रमको निरन्तरताको लागि गलकोट नगरपालिका र ताराखोला गाँउपालिकामा बाकी रहेका ८ विद्यालयहरुलाई दोश्रो चरणको कार्यक्रम अन्तर्गत अक्षयकोष स्थापना गर्ने उद्देश्य अनुरुप सहित साँगीतिक श्रृङ्खला २०२६ घोषणा कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
त्यस्तै समाजले नँया बर्षको कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि जापानमा पुगेर विभिन्न पेसा,व्यवसाय र रोजगारी गर्ने सम्पूर्ण गलकाेटबासीहरू एवम् नेपालीहरुलाई उपस्थितिको लागि समाजले आग्रह समेत गरेको छ ।


