यु डब्लु एस नेपाल र गुल्मी जिल्लाका स्थानिय तह तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृष्ण प्र. भट्टराई

गुल्मी, यु डब्लु एस नेपाल र गुल्मी जिल्लाका स्थानिय तह तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिको सभा हल तम्घास गुल्मिमा सम्पन्न भएको छ।

यु डब्लु एस नेपालका राष्ट्रिय निर्देशक अभिनास झा को अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम मा यु डब्लु एस नेपालले आफ्नो कार्यक्रम सन्चालन गरिरहेका स्थानिय तह मुसिकोट नगरपालिका ,रेसुङ्गा नगरपालिका,धुर्कोट गाउँपालिका,मदाने गाउँपालिका,मालिका गाउँपालिका,ईस्मा गाउँपालिका,रुरुक्षेत्र गाउँपालिका,र छत्रकोट गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि,कर्मचारी सरोकारवाला सहित जिल्ला प्रशासन कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखलाई आमन्त्रण गरिएको थियो।

उक्त कार्यक्रममा पालुखा माध्यमिक बिद्यालय (यु डब्लु एस ईस्मा)मा गठित छात्रा क्लव अध्यक्ष बिरिक्षा थापा,साउनेथुम आधारभूत बिद्यालय आमा समूह अध्यक्ष लक्ष्मी खनाल मरासिनी ,बुल्म प्राथमिक बिद्यालय बाट प्रधानाध्यापक माया महत,पशुपती निम्न माध्यमिक बिद्यालय बाट प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी,हिमालय माध्यमिक बिद्यालय बाट प्रधानाध्यापक कृष्ण प्रसाद भन्डारी,देविस्थान प्राथमिक बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष राजन पोखरेल ,सिद्धेस्वरी प्राथमिक बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष मोहन सुनारले शुभकामना मन्तव्य मार्फत यु डब्लु एस नेपाल संगको साझेदारिले बिद्यालय र समुदायमा भएका सकारात्मक प्रभाव र परिवर्तन बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

यस्तै गरि अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले आधारभूत तहको नतिजामा उत्कृष्ट दश जना बिद्यार्थी सम्मान गर्ने कार्यक्रममा उत्कृष्ट सात जना बिद्यार्थी यु डब्लु एस बिद्यालयबाट सम्मानित भएपछी यु डब्लु एस नेपाल सङ्ग साझेदारी गरेर शैक्षिक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरि हाल गुल्मी जिल्लाका अधिकांस यु डब्लु एस बिद्यालय मालिका गाउँपालिकामा स्थापना भएका र आगामी दिनमा सहयात्राको कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका तयार रहेको बताउनु भयो।

यस्तै रुरुक्षेत्र मिना देवी गौतमले यु डब्लु एस को कार्यक्रम बाट प्रभावित भई सहयात्रा सुरु गरिएको बताउँदै पारदर्शिता,अनुशासन ,र लगनशीलता जस्ता यु डब्लु एस नेपालका सिद्धान्त अनुसरणिय रहेको स्पष्ट पार्नुभयो।

शुभकामना मन्तव्य व्यक्त गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यु डब्लु एस नेपालले अवलम्बन गरेको बालमैत्री शिक्षाको अवधारणालाई स्विकार गरि समग्र धुर्कोट गाउँपालिका लाई बालमैत्री र सरसफाई युक्त पालिका घोषणा अभियान सन्चालन भएको बताउनुभयो।साथै उहाँले छात्रा क्लव लाई रुपान्तरण गरेर बालिका सन्जाल र बिद्यालयमा बाल उद्ध्यान ब्यबस्था गर्न सकेमा स्थानिय सरकारको कार्यक्रम लाई समेत समेट्न सक्ने सुझाव प्रदान गर्नुभयो।

यस्तै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थिले नगरपालिका भित्रको एउटा बिद्यालयमा यु डब्लु एस नेपालको सहकार्य रहेको र उक्त बिद्यालयमा ब्यबस्थापन तथा नतिजा लगाएत समग्र वातावरण राम्रो अवस्थामा रहेको बताउनुभयो।

त्यसै गरि मुसिकोट नगरपालिका नगर प्रमुख जिवलाल खरेल जीवनले संस्थाले सन्चालन गरेका शैक्षिक क्रियाकलापले फिनल्यान्डको जस्तो उत्कृष्ट शिक्षा पद्धतिको झल्को दिएको र पालिकामा एउटा/दुईवटा मात्र नभई सम्पूर्ण बिद्यालयमा यु डब्लु एस ले साझेदारिमा काम गर्नुपर्ने अवस्था रहेको र उक्त कार्यको लागि नगरपालिकाले आफ्नो जिम्मेवारी वहन गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा यु डब्लु एस नेपालका राष्ट्रिय निर्देशक अभिनास झा ले संस्थाको बिगत र वर्तमान क्रियाकलाप सहित आगामी पाँच वर्ष सन २०३० सम्मका योजनामा एकलाख बिद्यार्थी सम्म पुग्ने गरि संस्थाले आफ्ना कार्यक्रम निर्धारण गरेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य प्रकट गर्दै जिल्ला समन्वय समिती गुल्मिका प्रमुख द्रोण बहादुर खत्री ले शिक्षाको माध्यम बाट मात्र सभ्य समाजको निर्माण हुने र परिवर्तन दिगो हुने हुँदा संस्थाले सन्चालन गरेका कार्यक्रममा आवश्यक सहकार्य र समन्वयको लागि जिल्ला समन्वय समितिले सहयोग गर्ने बताउनुभयो।

यु डब्लु एस नेपाल लुम्बिनी प्रदेश शिक्षा संयोजक अनुज प्रसाद सिग्देलले अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद प्रकट गर्दै स्थानिय सरकार र सरोकारवालाहरुको साथ र सहयोगले नयाँ कार्ययोजना निर्माण गर्न थप उत्साह प्राप्त भएको बताउनुभयो।

अन्तरक्रिया कार्यक्रम यु डब्लु एस नेपालका राष्ट्रिय निर्देशक अभिनास झा को अध्यक्षता ,जिल्ला समन्वय समिती प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता र यु डब्लु एस नेपालका ट्रान्जिसन अफिसर सौगात गौतमको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय