खर्वाङ बाग्लुङ,
‘बहुप्राविधिक आवशिय शिक्षालय’ निमार्णको लागि त्रिभुवन माविमा आइतबार आज सम्पन्न महायज्ञमा २ करोड भन्दा बढी रकम संकलन भएको आर्थिक समिति संयोजक खगिश्वर अर्यालले जानकारी दिए ।
गत मंसिर २१ गतेबाट बडिगाड गाँउपालिका २ खर्वाङको त्रिभुवन माविमा शुरु गरिएको अभियान अन्तर्गत २ करोड भन्दा बढी रकम संकलन भएको र महायज्ञ सकिएको केहि दिनमै सम्पुर्ण आम्दानी खर्चको विवरण सार्वजनिक गरिने अर्यालले जानकारी दिए ।
बालि विज्ञान विषयको पठनपाठन संचालन गरिरहेको विद्यालयले अब सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स लगायतका अन्य विधामा पनि अध्यापन गराउने लक्ष्य राखेको छ । त्यसका लागि विद्यालयले महायज्ञको बाटो रोजेको हो ।
सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए ।
महायज्ञको अन्तिम दिन आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले समापन समारोहलाई सम्बोधन गर्दै पछिल्लो समयमा त्रिभुवन माविसंगै अन्य सामुदायिक विद्यालयले गरेका गतिविधि अनुकरणीय बन्दै गैरहेको बताउनुभयो। विद्यालयले कार्यक्रमको अवधिमा सम्मान गर्न छुटेका दान दाताहरुलाई विशेष समय मिलाएर सम्मान गर्ने बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
२०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वर्षलार्ई हीरक महोत्सवको रुपमा मनाइको हो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न विद्यालय सफल छ । विद्यालयमा एक हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन ।


