सिवाईसी सहकारी दगा सेवा केन्द्रकाे साधारणसभा खर्वाङमा सम्पन्न

काैरव खत्री,बागलुङ

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १६ औं वार्षिक साधारणसभा दगा सदस्य सेवा केन्द्र खर्वाङ्ग सम्पन्न भएको छ ।

साधारण सभाकाे अवसरमा  सिवासी सहकारी संस्था लि. का केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्माले सिवासी सहकारीकाे विशेष पर्व  भएकाे बताउदै अब सिवासीका सदस्यहरूलाई प्रविधिसँग जाेडेर अगाडि बढाउनुपर्ने बताउनुभयाे ।

त्यस्तै उहाँले विभिन्न जिल्लाका कुना कुनामा पुगेर वित्तीय साक्षरता बढी जाेड दिदै सिवासी पाठशालाकाे अवधारणा,पूर्ण सदस्य वडा घाेषणा,सदस्यकाेआँगन सिवासी कार्यक्रम,युवासँग युवा कार्यक्रम,स्कुल स्कुलमा सिवासी,पढ्दै कमाउदै सहित धेरै नयाँ याेजनाहरू अगाडि सारिएको बताउनुभयाे।

साथै अवसरमा बडिगाड गाउँपालिका वडा न.१ का वडा अध्यक्ष बाेम बहादुर थापाले सहकारी शिक्षा बारे जाेड दिदै कमाउने भन्दा बचत गरि सदुपयोग गर्ने ठुलो  भएकाे बताउनुभयो ।

त्यस्तै बडिगाड गाउँपालिका वडा न.२ का वडा अध्यक्ष ढालेन्द्र शेरचनले सिवासी सहकारीले छुट्टै पहिचान बनाएकाेले हुदा खानेलाई हुनेखाने बनाउन सिवासी  लागि परेकाे बताउनुभयाे ।

त्यस्तै मुक्तिनाथ सदस्य सेवा केन्द्रका संयाेजक सीता शर्माले  सिवासी सहकारी  व्यक्तिसँग जाेडिएकाेले गाउँमा छरिएर रहेकाे पैसालाई एकीकृत गरि बचत गर्न सहकारीले निकै सहयोग पुर्याएकाे बताउनु भयाे ।

त्यस्तै असल  सदस्य चन्द्र बहादुर चिप्ले थापाले सहकारीमा इमानदारीपूर्वक सबैले  काम गर्नु पर्नेमा जाेड दिनुभएको थियो ।

त्यस्तै अवसरमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.का दगा सेवा केन्द्रका सदस्य हाेमनाथ खरेलले आर्थिक बर्ष २०८१/०८२ काे आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियोे भने दगा सेवा केन्द्र खर्वाङका सचिव बेलु गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो ।

साथै साधारणसभामा असल बाल बचतकर्तामा  प्रविण घर्ती,असल  ऋण उद्मीमा कमला केसी,असल बचतकर्ता  यादुलाल खराल,असल सदस्य चन्द्र बहादुर चिप्ले थापा,जेष्ठ नागरिक औषधी उपचार तर्फ धन बहादुर श्रीस लगायतलाई नगद पुरस्कार सहित  सम्मान गरिएको थियोे ।

त्यस्तै सेवा केन्द्रले दिपेन्द्र विक,इन्द्री बुढा,लाल बहादुर श्रीस, गणेश कुमार थापा, भक्तिराम पुनलाई ग्रिन काड वितरण  गरिएकाे थियाे ।

साधारणसभामा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, सिवाईसीका शेयर सदस्य,समाजेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

“सदस्य बनाै सिवाईसीमा,हातेमालो देश विकासमा” भन्ने मुल नारा सहित २०७५ सालमा खर्वाङ्गमा स्थापना  भएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दगा सेवा केन्द्रबाट रेमिटान्स,माेवाइल बैकिङ,बचत तथा ऋण सेवा,एटिएम क्यूआर सेवा,अध्धदैविक राहत सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा,एकल महिला पेन्सन सुविधा, चाैरसी पुजा सुविधा,नयाँ बुहारी स्वागत कार्यक्रम,छात्रवृत्ति शैक्षिक सुविधा,जेष्ठ नागरिक औषधी उपचार सुविधा,दुर्घटना राहत सुविधा, प्राकृतिक राहत सुविधा,ऋणकाे विमा सुविधा, २४ घण्टे इमर्जेन्सी कलिङ सुविधा लगायतका कार्य गदै आइरहेको छ । हालभने सिवाईसी सहकारीमा  गुल्मी र बागलुङ गरि १हजार, १ सय,५ जना सदस्यहरु आवद्ध रहेका छन् ।

साधारणसभा दगा सेवा केन्द्र खर्वाङका संयाेजक जमुना राना श्रीसकाे अध्यक्षता तथा सहसंयाेजक हरिशचन्द्र खरेलकाे स्वागत मन्तव्यसंगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने दगा  सेवा केन्द्र खर्वाङका सचिव बेलु गिरीले गर्नु भएकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय