दिलु केसी , मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ रातचौरमा अवस्थित श्री गंगा प्राथमिक विद्यालयमा मुसीकोट नगरपालिका वामी टक्सारमा रहेको श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत नि : शुल्क आँखा चेक जाँच तथा नि : शुल्क चश्मा वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रममा श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रका अपथाल्मिक टेक्निसियन लुम्बिनी वामी हस्पिटल प्रालिका सञ्चालक दिपेन्द्र ज्ञवालीले विद्यालयमा उपस्थिति भएर विद्यार्थीहरूको आँखा चेक जाँच गर्नु भएको थियो ।
यो वर्षभरिमा चेक जाँचको लागि मुसीकोट भित्रका २५ वटा विद्यालय उपचार केन्द्रको छनोटमा परेका छन् । जसमध्ये चारवटा विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । चार वटा विद्यालयमध्ये ३९० जनालाई आँखा चेक जाँच गरिएको थियो ।
जसमध्य,गंगा प्राथमिकमा तीन जना ,श्री नेपाल राष्ट्रिय त्रिभुवनमा दस जना ,श्री सरस्वती माविमा एघार जना ,श्री जनज्योतिमा चार जना गरी जम्मा २८ जना विद्यार्थीलाई आखाँमा समस्या देखिएको थियो।
समस्या देखिएका विद्यार्थीलाई आँखा उपचार केन्द्रले निशुल्क चस्मा उपलब्ध गराएको ज्ञवालीले जानकारी दिनु भयो ।
बाँकी रहेका विद्यालयमा यसै गरी अर्को वर्ष वार्षिक कार्यक्रममा छनोट गरी पुन कार्यक्रम राखिने श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रका ब्यवस्थापन समिति अध्यक्ष श्री अग्नीधर लोहोनीले जनकारी दिनुभयो ।
ज्ञवालीले केही समय अघि गंगा प्राथमिक विद्यालयमा अक्षयकोष स्वरूप केही रकम सहयोग गर्नु भएको हुँदा सोही कार्यक्रमको अवसर पारी ज्ञवालीलाई सोही विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले भव्य स्वागत तथा सम्मान गर्नु भएको थियो।



