बुढी सत्यवती बज्यै मन्दिरमा  धुमधामकासाथ पूजा शुरु

कार्तिक,१८ मङ्गलबार

गुल्मीको, सत्यवती गाउँपालिका लिम्घाको शिरमा अवस्थित बुढि सत्यवती बजैको मन्दिरमा नियमित पूजा हरेक दिन भएता पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसर पारी भव्यताकासाथ हुँदै आएको पूजा यस वर्ष कार्तिक १८ गतेका दिन राति १२ बजेदेखि पूजा सञ्चालन भई भोलिपल्ट दिनभर पूजा रहने र साँझ पूजा विसर्जन हुने त्यहाँका सामाजिक अर्थात् बुढी सत्यवती मन्दिरका जाउँ हिड बुढी सत्यवती धामका प्रचार प्रसार अभियान्ता दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

परापूर्वकाल देखि नै यहाँ बुढी सत्यवती बजै बहिरी भएको कारण चिच्याएर बर माग्ने, पूजा लाग्ने गर्दछ । सत्यवती बुढी बजैले मागेको हरेक भाकल वा बर पुरा गरिदिने जनविश्वास रहेको त्यहाँ आउने भक्तजनहरुको भनाइ छ । अझै त्यहाँको महत्वपूर्ण कुरा त सन्तान नभएका निःसन्तान ब्यक्तिहरुले त्यहाँ पुगेर वर मागेमा पूरा हुने गरेको पाइन्छ।

यस वर्ष योग परेका कारण विगतका वर्षभन्दा भक्तजनहरूको सङ्ख्या बढी हुने अनुमान गरिएको मन्दिरका पुजारीहरुको भनाइ छ। वर माग्न वली दिनको लागि देशका विभिन्न जिल्लाहरू सँगै भारतबाट पनि आउने गरेको त्यहाँका स्थानियको भनाइ रहेको छ ।

सदाको जस्तै यस वर्ष पनि पाडा,बोका कुखुरा,कुभिण्डो लगायतका वली दिइने गरिन्छ परेवा भने शान्तिको प्रतीक मानिने भएको हुनाले उडाउने गरिन्छ ।

तिहार पछिको पूर्णिमा कार्तिक महिनाभित्र परेमा योग परेको मानिने प्रचलन रहेको हुँदा उक्त प्रचलन अनुसार योग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बुढी वजैले पूरा गरिदिने जनविश्वासका साथ यस वर्ष भक्तजनहरुको संख्या बढी हुने पनि अनुमान गरिएको बुडी सत्यवती व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ज्ञवालीले बताउनुभयो ।

त्यहाँ हरेक वर्षको साउन महिनामा नुहाउन आउने जानेको घुइँचो लाग्ने गर्दछ । मन्दिर परिसरमा रहेको पानीको मुहानबिनाको कुण्डहरुमा बार्हैमासे पानी रहिरहने पुराना कुण्डहरू, परापूर्व कालदेखिका विभिन्न प्रजातिका वृक्षहरू विचित्र गुफाहरूले भरिपूर्ण ठाउँ रहनुको साथै त्यहाँबाट माछापुछ्रे हिमालजस्ता थुप्रै ठाउँहरू देखिनुका साथै स्वर्ग जाने बाटोसमेत यो मन्दिरमा रहेको पाइन्छ ।

सेती नागको टाउको सोही मन्दिरमा रहेको र पुच्छर कालीगण्डकीको किनारमा रहेको त्यहाँका ऋषि हरूको भनाइ पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय