अबैध रुपमा बालुवा उत्खनन भएको भन्दै बडिगाडमा जेन जेड समुहद्वारा तालाबन्दी

अनिष पाठक

०८२ भदौ २९ खर्वाङ ।

केहि दिन देखि बडिगाड गाँउपालिकामा चार्चाको विषय बनेको बालुवा काण्डका बारेमा पालिकामा छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् ।

बडिगाड गाँउपालिका ५ का स्थानिय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उतख्नन गर्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि विषय सतहमा आएको हो ।

जेन्जी अन्दोलन समिपमै पनि स्थानियले पुन रंगेहात बालुवा उत्खन्न गर्दै गर्दा भेटाएपछि विषय झनै तातेको थियो । आन्दोलनको नाममा पालिकाले पनि एक दिनको शोक बिदा भदौ २७ गते सम्मलाई थप गरेको थियो ।

पालिका बिदा र बागलुङमा प्रशासनले निशेधाज्ञा र कफ्र्यु हटाएपछि आज छलफलका लागि युवाको टोलि पालिका पुगेको थियो । “सामाजिक संजालमा विषय उठेपछि हामि भदौ २४ गते छलफलका लागि पालिका जाने तयारीमा थियौ । बडिगाड २ का युवा सुनिल कार्कीले भने जिल्लामा प्रशासनले निशेधाज्ञा लगाएको र देश नै सेनाको सुरक्षामा रहेको बेला सुरक्षाकर्मीकै सल्लाहले हामि फर्किएका थियो ।”

जेन्जी समुहका बडिगाड गाँउपालिका ५ का संशुलक अलीले शान्त रहेको बडिगाडमा जेन्जी आन्दोलनकै नामबाट पालिका भदौ २४ गते देखि २७ गते सम्म बिदा भयो आज पालिका खुल्दा समेत अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत कार्यालयमा नभेटिएको र मिलेमहतो रहेको भन्दै आरोप लगाए ।

“आरोपित व्यक्तिले बालुवा निकाल्दै गरेको भिडियो सार्वजनिक भइसकेको पनि एक हप्ता हुन लाग्यो । पालिकाबाट न कुनै विज्ञप्ती आयो न कुनै कार्वाहि भयो । छलफलका लागि युवा पालिका पुग्दा समेत नेतृत्व गर्ने कोहि छैन । उनले भने । यो सब मिलेमहतो नभई सम्भव छैन ।”

बडिगाड गाँउपालिकाका निमित्त प्रशासकिय अधिकृत चण्डीराज पौडेलले बालुवा उत्खन्न गर्नेलाई कानुनि कार्वाहि हुने बताए । अहिले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृत मौखिक जानकारी गराएर बिदामा हुनुहुन्छ । सबैको रोहोबरमा पालिकाले छलफल गर्ने तयारी गर्छ उनले भने ।

छलफलका लागि पुगेका युवालाई असोज ३ गते पालिका अध्यक्षको निर्देशनले निमित्ति प्रशासकिय अधिकृतले छलफलको लागि डाकेपनि विषय साम्य पार्न जोखिएको र सार्वजनिक बिदाको दिन छलफलमा डाकिएकोले सो विषय मान्य नहुने भन्दै युवाहरुले पालिकामा ताला लगाएका छन । उनिहरुले तत्काल सर्वदलिय, सर्वपक्षिय भेलाबाट समाधान खोज्न पनि आग्रह गरेका छन ।

सार्वजनिक रुपमै विरोध भईरहदा पनि बडिगाड गाँउपालिकाले बालुका उत्खन्न गरिएको क्षेत्र र डम्पिङ गरिएका क्षेत्रको अनुगमन आधिकारीक रुपमा गरेको छैन । अहिलेकै प्रदिप खरेलको समुहले विगतमा पनि यसैगरि बालुका उत्खन्न गरि बेच्ने गरेको युवाले आरोप लगाएका छन् । पालिका सार्वजनिक गरिएको विषयमा बेखबर जस्तै बन्दा युवामा आक्रोश बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय