गलकोट समाज जापानद्वारा करोड बराबरको अक्षय कोष निर्माण गर्ने अभियान

गलकोट समाज जापानद्वारा करोड बराबरको अक्षय कोष निर्माण गर्ने अभियान
गलकोट स् गलकोट समाज जापानले एक करोड बराबरको अक्षय कोष निर्माण अभियान प्रारम्भ गरेको छ ।

बिभिन्न पेशा ब्यबसाय तथा रोजगारिको शिलशिलामा देश तथा बिदेशमा बैदेशिक रोजगारिको अबस्थामा आईपर्ने समस्यामा समाजबाट सहयोगको अपेक्षा सहित अपिल हुने तथा

भईपरी आउने बिभिन्न प्रकारका बिपदमा छिटो छरितो रुपमा सहयोग पुर्याउन सकियोस् भन्ने उदेश्यले समाजले अक्षयकोष स्थापना गर्न लागेको हो ।

पहिलो चरणमा एक करोड बराबर धनराशी संकलन गर्ने उद्धेश्य सहित प्रारम्भ गरिएको अभियानमा कोष संचालनको बिधिबारे समाजले बिस्तृत बैठकमा निर्णय गर्ने भएको समाजका अध्यक्ष यम खत्रीले बताउनुभयो ।

हाल विश्वभरी फैलिएको कोभिड–१९ का कारण समाजको प्रत्यक्ष उपस्थितीमा बिशेष छलफल प्रभावित भएको छ । हरेक बर्ष समाजले बिभिन्न कार्यक्रम गरी संकलित रकम सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको थियो ।

त्यो समेत कोभिडका कारण प्रभावित भएको अवस्थमा अक्षय कोष स्थापनको काम संचालन भएको हो । गलकोट समाज जापानले प्रारम्भ गरेको यस अक्षयकोष निर्माण अभियानमा समाजका अध्यक्ष समेत रहनु भएका

समाजसेवी तथा सफल ब्यबसायी यम खत्रीले आफ्नो जन्मदिनको अवसरमा एक लाख एक हजार एक सय एघार जापानी यन रकम सहयोग गरी अक्षयकोष निर्माण अभियान सुुरुवात गर्नु भएको हो ।

बिबाहोत्सव, जन्मोत्सव जस्ता कार्यमा गरिने खर्चलाई मानवीय सेवा तथा सामाजिक कार्यमा खर्च गर्ने उदेश्य अनुसार सहयोग गरेको अध्यक्ष खत्रीको भनाई छ ।

उहाँले फजुल खर्च नगरि समाज सेवाको लागि यस अभियानमा सहयोग गर्न सम्पुर्ण गलकोटबासीलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय