स्रष्टा बैकुण्ठ रायमाझीको नयाँ गीत ‘दुनियाँ जहर छ’ सार्वजनिक

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका-७, वामी अर्जेवामा जन्मेर चेक रिपब्लिकलाई कर्मथलो बनाउँदै आउनु भएका स्रष्टा बैकुण्ठ रायमाझीले फरक शैलीको नयाँ गीत ‘दुनियाँ जहर छ’ सार्वजनिक गर्नुभएको हो।

स्रष्टा रायमाझीको शब्द र संगीत रहेको गीतमा सुमधुर स्वरका धनी गायक मिन विश्वकर्माले आवाज भन्नुभएको छ भने कृष्ण विक भान्जाले एरेन्ज गर्नुभएको छ।

लोपोन्मुख प्राचिन कवालीको संरक्षण र प्रवर्धनको उद्देश्य लिएर तयार पारिएको गीतको म्युजिक भिडियो पनि पृथक शैलीमा निर्माण गरिएको छ। म्युजिक भिडियोमा चर्चित मोडल ओवी रायमाझी, कविता नेपाली र विवेक काफ्लेको अभिनय देख्न पाइन्छ भने राजा रानीको भुमिकामा स्वयं बैकुण्ठ रायमाझी र सरु विष्टलाई देख्न सकिन्छ।

सिर्जन बराल निर्देशित म्युजिक भिडियोले पनि सुनमा सुगन्ध थपेको आभास हुन्छ।
रोजगारीका शिलशिलामा विदेशी भूमिमा रहेर पनि जन्मभूमि र यहाँका मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनमा अनवरत लागिरहेका स्रष्टा रायमाझीको आफ्नै युट्युब च्यानल सेरोफेरो नेपाल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोले धेरैको माया पाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय