मदानेको मलागिरीमा खानेपानीको अभाव

अनिल खत्री ,गुल्मी – गुल्मीको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका ५ मलागिरिमा खानेपानीको अभाब देखिएको छ । जम्मा वडामा अमुमानित ६० घर धुरी भए पनि सबैलाई पिउने पानीको सुबिधा नभएको स्थानीय रमेश खत्रीले बताए ।

साबिक वडा नम्बर ४ मा करिब ५र६ बर्ष अगाडि ३०/३५ घर धुरीलाई मात्र पुग्ने लिफ्टिङ्बाट खानेपानीको ब्यबस्था गरिएको थियो । जुन सबै वडालाई भने समेटिएको थिएन ।

१० महिना पछि यो लिफ्टिङ्ग एक्कासि बन्द भयो जुन अहिलेसम्म आउदा पुन मर्मत गरिएको छैन जसको कारण त्यहाका स्थानीयलाई खानेपानीको समस्या भएको खत्रीले बताए ।

बन्दको प्रभाब अहिले सम्म लिफ्टिङ्गका सामाग्री कुनै काम लाग्ने अबस्थामा छैन्न ।त्यहाका सोलार ,ब्याट्री ,तार,पाइप,ट्यान्की लगायतका सामाग्रीहरु काम नलाग्ने भएका छन । मर्मत र सन्चालनको लागि वडा र पालिकामा जानकारी गराउदा पनि कसैले गुनासो नसुनेको रमेश खत्रीले बताए ।

स्थानीय यति बेला आक्रोसमा उत्रिएका छन । उनी हरु मदानेका जनप्रतिनिधि हरुलाइ भनिरहेका छन ।

“चुनाब अघि जनताको घर दैलोमा के भनेर पुग्नु भएको थियो ? अहिलेसम्म खानेपानीको समस्या समाधान किन हुन सकेन ? पटकपटक जानकारी गराउदा पनि यो कुराको सुनुवाई किन हुन सकेन ? अब कहिले सम्म मलागिरीबासी खानेपानीको अभाब झेल्नु पर्ने हो ? यसको समाधानको प्रखाई कहिले सम्म ?”

मलागिरी पालिका उपाध्यक्ष सरिता खड्काको आफ्नै वडा हो जुन वडामा हिमाल खड्का पुन. निर्बाचित वडाअध्यक्ष समेत हुन । जुन कुरालाई सहमती गरेर टुङ्गो अर्थात समाधान गर्न स्थानीयले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर