महेन्द्र आदर्श माविको शैक्षिक अवलोकन भ्रमण सम्पन्न, सिकाइ सहजिकरणमा सहयोग पुग्ने अपेक्षा

महेन्द्र आदर्श नमुना मावि मुसिकोट नगरपालिका ७वामीटक्सार गुल्मीको शैक्षिक सत्र २०८१ को शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ।

नमुना माध्यमिक विद्यालयको रुपमा प्रस्तावित विद्यालयले आफ्नो विद्यालयमा भन्दा अन्य विद्यालयमा सिकाइ र शिक्षणको क्षेत्रमा भैरहेका असल अभ्यासहरुको अवलोकन र प्रयोग गर्ने अपेक्षासहित अवलोकन भ्रमण गरिएको विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

अघिल्लो शैक्षिक सत्रमा विद्यालय व्यवस्थापन समितिले शैक्षिक अवलोकन भ्रमण गरेको र यसवर्ष शिक्षक स्टाफको अवलोकन भ्रमण गरिएको सहायक प्रधानाध्यापक धनपति खरेलले बताउनुभयो ।

प्रत्येक वर्ष विद्यार्थीहरुलाइ मात्र शैक्षिक अवलोकन भ्रमण गराइएपनि समिति र स्टाफलाइ पनि भ्रमण गराउदा त्यसले परिवेश र परिस्थितिलाइ बुझेर विद्यालयलाइ गुणस्तर वृद्दिमा सहयोग पुग्ने सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले बताउनुभयो ।

विद्यालयको भ्रमण टोली शनीबार भ्रमण सुरु गरी सोमबार समन्न गरेको छ । भ्रमणमा ३३ जना शिक्षकस्टाफको सहभागिता रहेको विद्यालयका मावि संयोजक डिल्लिराज खरेलले बताउनुभयो ।

विद्यालयबाट बाग्लुङ्ग, पर्वत, म्याग्दी, कास्की, स्याङ्जा जिल्लाका विभिन्न विद्यालय र सोही ठाउका प्राकृतिक , धार्मिक, सास्कृतिक, पर्यटकिय क्षेत्र, कृषि क्षेत्र, मौसम, जनजीवन, आदिको बारेमा अवलोकन भ्रमण गरिएको र त्यसले सिकाइमा सहजिकरण हुने विद्यालयका विज्ञान शिक्षक बिक्रम कार्कीले बताउनुभयो ।

विद्यालय सुधार योजना अन्तरगत बनाइएको योजना र विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम अवलोकन भ्रमण गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

भ्रमणमा शिक्षक समीक्षा आचार्य, निमावि संयोजक रामचन्द्र सापकोटा, प्रावि संयोजक बेदप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय