एलायन्स क्लब अफ गुल्मी मुसिकोटको क्यालेन्डर बैशाख २९ गते बिमोचन गरिने

मुसिकोट गुल्मी – एलायन्स क्लब अफ गुल्मी मुसिकोटले निर्माण गरेको नयॅा बर्ष २०८१ सालको क्यालेन्डर बैशाख २९ गते वामीटक्सारमा बिमोचन गरिने भएको छ।

वामीटक्सार स्थित दरबार होटलमा बैशाख २९ गते शनिबार ११ बजे एक बिशेष कार्यक्रमका साथ बिमोचन गर्न लागिएको अध्यक्ष रामकृष्ण कंडेल ले जानकारीदिनु भएको छ।निकै मिहिनेतका साथ महत्वपुर्ण तथ्यांकहरू संलग्नगरी क्यालेन्डर निर्माणगरी काठमान्डौंमा छपाई गरिएको अध्यक्ष कंडेल ले बताऊनु भयो।

भित्ते पात्रो बिमोचन कार्यक्रममा सहभागिहुनका लागि कार्यक्रम स्थलमा उपस्थितहुन क्लबका शुभचिन्तक सम्पुर्ण बुवा आमा,दाजुभाई,दिदीबहिनी हरू लाई क्लब परिवारले बिशेष आग्रह तथा निमन्त्रणा गरेको क्लबका सचिब बिमल छन्तेलले बताऊनुभएको छ।

सोही दिन नयॅा बर्षको शुभकामना समेत आदान प्रदान गरिने सचिब छन्तेलको भनाई रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय